Logo

आइतवार, मंसिर १२ गते २०७८

images

पूर्वराष्ट्रपति जुमा जेलपरेपछि हिंसात्मक प्रदर्शन, सेना परिचालन गरियाे !

पूर्वराष्ट्रपति जुमा जेलपरेपछि हिंसात्मक प्रदर्शन, सेना परिचालन गरियाे !

नेपालपाना आषाढ २९ २०७८
  • 4.4K
    SHARES
  • पूर्वराष्ट्रपति जुमा जेलपरेपछि हिंसात्मक प्रदर्शन,  सेना परिचालन गरियाे !

    एजेन्सी। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । 

    राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गर्नुभएको छ । उहाँले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गर्नुभएको हो ।

    जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उहाँको समर्थनमा भएका पदर्शनहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी पक्राउ परेका छन् । 

    जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । 

    भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाईको थिएन । 

    प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरहरूका केही भवनहरू आगजनी भएको छ भने पसलहरू लुटिएका छन् ।

    सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ । 

    आषाढ २९, २०७८ मंगलवार २०:००:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana