Logo

आइतवार, मंसिर १२ गते २०७८

images

नवनियुक्त प्रम देउवालाई चीनले दिएन बधाई, मिलेर काम अमेरिका र ईयुको चाहना

नवनियुक्त प्रम देउवालाई चीनले दिएन बधाई, मिलेर काम अमेरिका र ईयुको चाहना

नेपालपाना आषाढ ३० २०७८
  • 8.3K
    SHARES
  • नवनियुक्त प्रम देउवालाई चीनले दिएन बधाई, मिलेर काम अमेरिका र ईयुको चाहना

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका र युरोपियन युनियनका राजदूतले बधाई दिएका छन् ।

    अहिलेसम्म कुनै पनि राष्ट्राध्यक्षले भने बधाई दिएका छैन ।

    पश्चिममा देशका राजदूतले बधाई दिए पनि देउवालाई चीनबाट भने अहिले सम्म बधाई आएको छैन । यसको गहिरो अर्थ रहेको कुटनीतिक मामिलाका जानकार बताउँछन् । त्यसो त देउवालाई अमेरिकाले रुचाउँदै आएको छ ।

    युरोपियन युनियन पनि सहज मान्छ नेपालमा काम गर्न । किनकि उनको छवि प्रजातान्त्रिक छ । उनी प्रजातन्त्रवादी नेता हुन् । पश्चिममाहरुले डेमोक्रेसीको वकालत गर्छन् । यो स्वभाविक हो । तर कुरा यतिमै सीमित छैन ।

    नेपालमा पश्चिममा एजेण्डा धर्मराउन थालिसकेको थियो । जसलाई अब देउवाले सुनिश्चित गर्ने आशाका साथ पश्चिममा देशहरुबाट बधाईको ओइरो आएको छ ।तर छिमेकी देश भने मौन छन् ।

    अमेरिकी राजदूत र्याण्डी बेरीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । त्यसैगरी युरोपियन युनियन नेपाल कार्यालय तथा नेपालका लागि राजदूत नोना डिप्रेजले बधाई दिँदै सघन समन्वयको अपेक्षा गरेकी छन् । दुबै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

    चीनले भने देउवाको नियुक्तिको प्रकृतिलाई हेरेर समेत बधाई नदिएको हुन सक्छ । देउवा अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    ओली थिए युरोपियन युनियनको टार्गेटमा

    जनभावना विपरीत लादिएका संघीयता र धर्मनिरपेक्षतालाई चुनौती दिने र सनातन धर्म संस्कृतिको संरक्षणमा अघि बढेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन युरोपियन युनियनले हदैसम्मको बल लगायो ।

    ओली पश्चिममाहरुका लागि तारो नै बने । अयोध्यापुरीमा राम मन्दिर निर्माण, पशुपति दर्शन, सुनको ज्वलहरी राख्ने लगायत धार्मिक गतिविधिले पश्चिममाहरुको क्रिश्यानिटी अभियानमा धक्का पुग्ने देखियो ।

    अन्तत धार्मिक गतिविधिमा लगाव राखेको ठ्याक्कै एक वर्षपछि ओलीलाई अदालतको प्रयोग गरेर हटाइयो । जसले सबैभन्दा खुसी युरोपियन युनियन तथा पश्चिममा मुलुक भएका छन् । एक त उनीहरुले आफ्नो विश्वासपात्रको रुपमा देउवालाई पाएका छन् दोस्रो आफ्नो एजेण्डालाई चुनौती दिने ओलीलाई हटाउन सकेका छन् ।

    अदालतमा युरोपियन युनियनको राम्रै प्रभाव छ । आर्थिक सहयोगदेखि तालिम, न्यायाधीशको भ्रमणसम्म राम्रै लगानी इयुले गरेको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई त इयुसँग अति नै निकट मानिन्छ ।

    त्यसैकारणले पश्चिममाले उनलाई उपहार दिएका छन्, विश्वकै उत्कृष्ट न्यायाधीशमध्ये एक भनेर सूचीमा समावेश गरेर । उनी सूचीमा समावेश भएकै बेला सर्वोच्च अदालतबाट युरोपियन युनियन खुसी हुनेगरी फैसला आउनु संयोगमात्र होइन होला ।

    अब के निष्कर्षमा पुग्न सकिन्छ भने सारा बल लगाएर हटाउन नसकिएको ओलीलाई अकाट्य अदालतको प्रयोग गरेर अधिक न्यायिक सक्रियतामा हटाइयो ।

    आषाढ ३०, २०७८ बुधवार १३:४९:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीवन बहादुर शाही

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana