Logo

शनिवार, आषाढ ११ गते २०७९

images

मन्त्री बनाउन माग गरेकाे भन्नेहरूलाई बनमन्त्री आलेले दिए दनक !

मन्त्री बनाउन माग गरेकाे भन्नेहरूलाई बनमन्त्री आलेले दिए दनक !

नेपालपाना आषाढ ३१ २०७८
  • 6.4K
    SHARES
  • मन्त्री बनाउन माग गरेकाे भन्नेहरूलाई बनमन्त्री आलेले दिए दनक !

    काठमाडौं। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गरेका छन् । 

    विभिन्न सञ्चारमाध्यममा  प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने दृढता व्यक्त गरे ।  

    उनले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भने, “मैले शेरबहादुर देउवालाई भेटेको छैन, भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अफवाह नफैलाऔँ ।” 

    पूर्वमन्त्री तथा एमाले नेता आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेका छन् । एमाले एक हुनुपर्नेमा पनि उनले जोड दिए। 

    आषाढ ३१, २०७८ बिहिवार १९:२८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend