Logo

आइतवार, श्रावण १० गते २०७८

एकाएक किन भयाे खोप अभियान स्थगीत ?

एकाएक किन भयाे खोप अभियान स्थगीत ?

नेपालपाना श्रावण १ २०७८
  • 2.7K
    SHARES
  • एकाएक किन भयाे खोप अभियान स्थगीत ?

    काठमाडौं। सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । 

    काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिनुभयो । 

    खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । खोप अभियानका लागि काठमाडौँ जिल्लामा ४४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराइँदै आइरहेको थियो । 

    भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करिब आठ लाख खोप आएपछि खोप अभियान सञ्चालन भएको थियो । 

    श्रावण १, २०७८ शुक्रवार १९:४४:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana