Logo

आइतवार, श्रावण १० गते २०७८

प्रचण्डलाई राष्ट्रपति हुने रहर, तर कांग्रेसले मानेन राष्र्दपति भण्डारीलाई महाभियोग लगाउन

प्रचण्डलाई राष्ट्रपति हुने रहर, तर कांग्रेसले मानेन राष्र्दपति भण्डारीलाई महाभियोग लगाउन

नेपालपाना श्रावण २ २०७८
  • 18.3K
    SHARES
  • प्रचण्डलाई राष्ट्रपति हुने रहर, तर कांग्रेसले मानेन राष्र्दपति भण्डारीलाई महाभियोग लगाउन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अहिले महाभियोगको चर्चा व्यापक छ । तर कानुनी र व्यवहारिक रुपमा भने महाभियोग पारित हुने कुनै सम्भावना छैन । 

    अरु त अरु प्रचण्डको प्रस्तावमा कांग्रेस नेताहरु नै सकारात्मक छैनन् । पारित नहुने महाभियोग ल्याएर समय बर्बाद हुने र गलत परम्पराको सुरुवात हुने कांग्रेस नेताहरु बताउँछन् । 

    एमाले नेताहरु भने आफू राष्ट्रपति बन्ने अभिलाषाका साथ प्रचण्डले महाभियोग फण्डा ल्याएको बताउँछन् । प्रचण्डतर्फ संकेत गर्दै एमाले नेता अग्नि खरेल कुनै अमुक व्यक्ति बन्न मन लाग्यो होला, इच्छा लाग्यो होला तर सम्भव छैन भन्छन् । 

    कांग्रेस निकट अधिवक्ता सुनिल पोखरेलले अहिले राष्ट्रपतिलाई महाभियोग संवैधानिक र व्यवहारिक रुपमा सम्भव नभएको बताए । दुई तिहाई मत गठबन्धनसँग नभएको, राजीनामा दिन दबाब दिने हिसाबले ल्याउँदा गलत परम्परा सुरु हुने पोखरेलको भनाई छ ।

    श्रावण २, २०७८ शनिवार १३:५९:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana