Logo

आइतवार, श्रावण १० गते २०७८

अल्पमतमा परेपछि महन्थ ठाकुरविरुद्ध यस्तो दुष्प्रचारमा उत्रिए उपेन्द्र यादव

अल्पमतमा परेपछि महन्थ ठाकुरविरुद्ध यस्तो दुष्प्रचारमा उत्रिए उपेन्द्र यादव

नेपालपाना श्रावण २ २०७८
  • 3.2K
    SHARES
  • अल्पमतमा परेपछि महन्थ ठाकुरविरुद्ध यस्तो दुष्प्रचारमा उत्रिए उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा उपेन्द्र यादव अल्पमतमा छन् । पार्टी फुटाउन निर्वाचन आयोग पुगेका छन् । अहिले विपक्षी गठबन्धन सत्तामा आएपछि उनी आफ्नो पक्षमा बहुमत देखाउन नभएको प्रचार गरेर भ्रम फैलाउन लागेका छन् । 

    अहिले सञ्चारमाध्यममा ठाकुरसँग रहेका ६ सांसद यादव समूहमा लागेको खबरहरु आइरहेका छन् । तर यादव समूहमा ६ जना गएका छैनन् । 

    ठाकुर समूहको बैठकमा सहभागी नभएकै आधारमा कित्ता परिवर्तन गरेको भन्न मिल्दैन । तर यादव समूहले त्यसलाई आफ्नो पक्षमा आएको भनेर प्रचार गरेको छ । 

    ६ मध्ये दुई सांसद उपस्थित नहुनुको कारण उनीहरु तराईमा छन् । राजकिशोर यादव जिल्लाको कार्यक्रममा सहभागी हुन वीरगंज पुगेका छन् । रुही नाज आफ्नो गृहजिल्ला सर्लाहीमा छिन् । उनी कुनै समूहमा सहभागी नहुने भनेर धार्मिक गतिविधिमा व्यस्त छिन् । 

    यद्यपि बैठकमा अनुपस्थित भएका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल भने कित्ता परिवर्तन गरेको सत्य हो । उनीहरुलाई यादव समूहले मन्त्री बनाउने प्रलोभन दिएर आफूतिर तानेको छ ।
     
    यादव समूहसँग ११ सांसद थिए । ४ जना थपिएर १५ पुगेको छ । ३२ जना सांसद रहेको जसपामा अझै पनि ठाकुर समूहसँग १७ जना छन् ।

    श्रावण २, २०७८ शनिवार १७:०२:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana