Logo

आइतवार, श्रावण १० गते २०७८

श्याम घिमिरेमाथि कुटपीट गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

श्याम घिमिरेमाथि कुटपीट गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

नेपालपाना श्रावण २ २०७८
  • 4.6K
    SHARES
  • श्याम घिमिरेमाथि कुटपीट गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

    काठमाडौं। नेपाली काँग्रेस क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपीट गर्नेलाईकारवाही गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानविन स्थल गौशालास्थित धर्मशालामा कुटपिट भएको थियो ।

    श्रावण २, २०७८ शनिवार १९:१५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana