Logo

आइतवार, श्रावण १० गते २०७८

साउन १५ भित्र ३२ लाख डाेज खाेप आउँदै

साउन १५ भित्र ३२ लाख डाेज खाेप आउँदै

नेपालपाना श्रावण २ २०७८
  • 1.3K
    SHARES
  • साउन १५ भित्र ३२ लाख डाेज खाेप आउँदै

    काठमाडाैं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । 

    गत असार २५ गतेदेखि चीनबाट खरिद गरेको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ साउन) जहाज चीन जाने भएको उहाँले बताउनुभयो । निगमको वाइडवडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो । 

    कोभिशिल्डको दोस्रो मात्रा छिटै

    यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताउनुभयो । उहाँले खोप केही दिनमा नै प्राप्त हुने भन्दै खोपको प्रतिक्षा गरिरहेका सबै जेष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताउनुभयो । 

    श्रावण २, २०७८ शनिवार २०:४१:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana