Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

महेश बस्नेतले ब्युँताएको युथफोर्स एक्सनमा, काठमाडौंमा विशाल मार्चपासको तयारी, ‍कसैले छोए अरिंगालझै जाइलाग्ने घोषणा

महेश बस्नेतले ब्युँताएको युथफोर्स एक्सनमा, काठमाडौंमा विशाल मार्चपासको तयारी, ‍कसैले छोए अरिंगालझै जाइलाग्ने घोषणा

नेपालपाना श्रावण ३ २०७८
  • 7.7K
    SHARES
  • महेश बस्नेतले ब्युँताएको युथफोर्स एक्सनमा, काठमाडौंमा विशाल मार्चपासको तयारी, ‍कसैले छोए अरिंगालझै जाइलाग्ने घोषणा

    काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले ब्युँताएको युथ फोर्स एक्सनमा उत्रिएको छ । 

    विगतको माओवादी जनयुद्धमा वाइसीएलको दबदबा अन्त्य गरेको युथ फोर्सलाई एमाले युवा नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले ब्युँताएका थिए । विगतमा पनि युथ फोर्सको नेतृत्व बस्नेतले नै गरेका थिए ।  

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि युथ फोर्स पुन:गठन भएको हो । गठन भएपछि शनिवार भक्तपुरमा नेता बस्नेतले युवाहरुलाई प्रशिक्षण दिएका छन् । 

    जनादेश विपरीत अति न्यायिक सक्रियता देखाएको अदालतको फैसलाको भण्डाफोर र विपक्षीबाट सत्ता गठबन्धन बनेको ५ दलीय अपवित्र गठबन्धनका गतिविधिविरुद्ध धावा बोल्न व्युँतिएको युथ फोर्सका युवाहरुलाई प्रशिक्षण दिँदै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने घोषणा गरेका छन् । बस्नेतले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिएका छन् ।

    भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै बस्नेतले भने, 'हामी तपाईहरुलाई युज एन्ड थ्रो गर्दैनौं । हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं । तर हाम्रो साथीहरुलाई कसैले प्रहार गर्न भने हामी छाड्दैनौं ।'

    बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने समेत बताए । उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने बस्नेतको घोषणा छ । 

    बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको भन्दै काउन्टर दिए । ओलीको आकर्षण नघटेको भन्दै बस्नेतले असफल भएर ओलीले बालुवाटार नछाडेको बताए ।

    श्रावण ३, २०७८ आइतवार ०८:१५:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend