Logo

आइतवार, श्रावण १० गते २०७८

माधव नेपाल प्रयोग गरेर एमाले फुटाउने प्रचण्ड र देउवाको रणनीति सफल, भीम रावलले छाडे साथ

माधव नेपाल प्रयोग गरेर एमाले फुटाउने प्रचण्ड र देउवाको रणनीति सफल, भीम रावलले छाडे साथ

नेपालपाना श्रावण ३ २०७८
  • 15.4K
    SHARES
  • माधव नेपाल प्रयोग गरेर एमाले फुटाउने प्रचण्ड र देउवाको रणनीति सफल, भीम रावलले छाडे साथ

    काठमाडौं । नेकपा एमाले फुटाउने सत्ता गठबन्धनको योजना सफल भएको छ । सत्ता गठबन्धनको योजनामा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल प्रयोग भएका छन् । 

    माधवलाई प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले संसदको शक्तिशाली पार्टीलाई फुटाउन सफल भएका हुन् । यसका लागि ३० दिनपछि लिनुपर्ने विश्वासको मत प्रधानमन्त्री देउवाले आजै लिँदैछन् ।

    ३० दिनसम्म कुर्दा एमालेमा ओली र नेपाल मिल्न सक्ने भएकाले देउवाले आजै विश्वासको मत लिने र माधव समूहले विश्वासको मत दिएपछि एमाले औपचारिक रुपमै फुट्ने सत्ता गठबन्धनको आंकलन छ । 

    यो कुराको चाल पाएका एमाले सचिव एवं माधव समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् । माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

    ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन,’ उनले भने।  

    सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा आफ्नो समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको गुनासो गरे ।

    विश्वासको मत दिने निर्णय व्यक्तिगत हुने भन्दै आचार्यले यसले पार्टी फुटको दिशामा अग्रसर भएको बताए । उनका अनुसार कार्यदलमा रहेका भीम रावलसहित सांसदहरुले देउवालाई विश्वासको मत दिनेछैनन् । विश्वासको मत दिए नेपाल समूह छाड्ने रावलहरुको निष्कर्ष  छ ।

    श्रावण ३, २०७८ आइतवार १२:४२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana