Logo

आइतवार, श्रावण १० गते २०७८

प्रचण्डले ओलीलाई भने- 'माओवादी आगो हो, यससँग खेल्ने आफै जले'

प्रचण्डले ओलीलाई भने- 'माओवादी आगो हो, यससँग खेल्ने आफै जले'

नेपालपाना श्रावण ३ २०७८
  • 1.5K
    SHARES
  • प्रचण्डले ओलीलाई भने- 'माओवादी आगो हो, यससँग खेल्ने आफै जले'

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको टिप्पणी गरेका छन् ।

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादीसँग खेल्दा आफै जलेको अभिव्यक्ती दिएका छन् ।

    आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्प्णी गरेका हुन् ।

    केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् । उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’

    श्रावण ३, २०७८ आइतवार २०:११:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana