Logo

आइतवार, श्रावण १० गते २०७८

देउवा प्रधानमन्त्री हुँदा कांग्रेस भित्रै 'सल्कियो आगो', केन्द्रीय कार्यालयमा अनशन !

देउवा प्रधानमन्त्री हुँदा कांग्रेस भित्रै 'सल्कियो आगो', केन्द्रीय कार्यालयमा अनशन !

नेपालपाना श्रावण ३ २०७८
  • 1.5K
    SHARES
  • देउवा प्रधानमन्त्री हुँदा कांग्रेस भित्रै 'सल्कियो आगो', केन्द्रीय कार्यालयमा अनशन !

    काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन शुरु गरिएको छ ।

     नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन शाह, दिनेश नायक लगायतले धनुषा क्षेत्र नं १, क्षेत्र नं ४, सिरहा र सप्तरीको क्रियाशील सदस्यतामा विवाद भएको जनाउँदै आज बिहान ११ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गर्नुभएको हो । 

    पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको, कांग्रेस जिल्ला कार्यसमितिको संस्थागत निर्णयलाई कार्यान्वयन नगरेको उल्लेख गर्दै आफूहरु आमरण अनशनमा बस्न बाध्य भएको डा यादवले राससलाई जानकारी दिनुभयो । आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उहाँको भनाइ छ । 

    श्रावण ३, २०७८ आइतवार २०:१४:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana