Logo

आइतवार, श्रावण १० गते २०७८

विश्वासको मत माग्नुअघि प्रधानमन्त्री देउवाले बोलेका 'यी शब्द'

विश्वासको मत माग्नुअघि प्रधानमन्त्री देउवाले बोलेका 'यी शब्द'

नेपालपाना श्रावण ३ २०७८
  • 2.4K
    SHARES
  • विश्वासको मत माग्नुअघि प्रधानमन्त्री देउवाले बोलेका 'यी शब्द'

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । 

    नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन साझा गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सहकार्य र सहयात्राबाट नै अगाडि बढ्न सकिने स्पष्ट पार्नुभयो ।

    प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै उहाँले मुलकका सामु रहेका चुनौतीलाई सबैको साझा प्रयत्नबाट मात्रै सम्बोधन गर्न सकिने बताउनुभयो ।

     राजनीतिक दलको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको तथ्य पेश गर्दै प्रधानमन्त्री देउवाले यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव भएको स्पष्ट पार्नुभयो । 

    बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने तीनका बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषय स्वाभाविक र राम्रो भएको प्रधानमन्त्रीको भनाइ छ । 

    देशका सामु केही साझा चुनौती, उद्देश्य र गन्तव्य रहेको स्पष्ट पार्दै उहाँले सहकार्य र सहयात्रालाई अगाडि बढाउन आफू तयार रहेको बताउनुभयो । 

    प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी, बेरोजगारी, अशिक्षाजस्ता तमाम साझा समस्या छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन् ।” प्रधानमन्त्रीले कोभिड–१९ हाम्रो तत्कालको चुनौती भएको उल्लेख गर्नुभयो । 

    श्रावण ३, २०७८ आइतवार २०:२१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana