Logo

बुधवार, मंसिर १५ गते २०७८

images

भारतीय प्रधानमन्त्री मोदीले गरे देउवालाई टेलिफोन, के भयो कुराकानी?

भारतीय प्रधानमन्त्री मोदीले गरे देउवालाई टेलिफोन, के भयो कुराकानी?

नेपालपाना श्रावण ४ २०७८
  • 12.0K
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीले गरे देउवालाई टेलिफोन, के भयो कुराकानी?

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् । 

    देउवाले विश्वासको मत पाएलगत्तै ट्वीटरबाट बधाई दिएका मोदीले भोलिपल्ट टेलिफोन गरेर बधाई दिएका हुन् । 

    प्रधानमन्त्री देउवाले ट्विट गर्दै भारतीय प्रधानमन्त्रीले टेलिफोन गरेको जानकारी दिएका छन् । 

    'हामीबिच दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनेबारे छलफल भयो,' देउवाले ट्विटमा भनेका छन्, 'प्रधानमन्त्री मोदीले कोभिड १९ विरुद्धको खोप छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।' 

    त्यसैगरी मोदीले पनि ट्विट गरेर देउवासँग कुराकानी भएको जानकारी गराएका छन् । 'प्रधानमन्त्री शेरबहादुर देउवासँग मेरो कुराकानी भयो र मेरो तर्फबाट बधाई र शुभकामना प्रकट गरेँ,' मोदीले ट्विट गरेका छन्, 'कोभिड १९ महामारीविरुद्धको लडाई सहित भारत र नेपाल संयुक्त रुपमा बृहत क्षेत्रमा सहकार्य गर्नेछौं ।'

    श्रावण ४, २०७८ सोमवार १६:४२:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana