Logo

आइतवार, मंसिर १२ गते २०७८

images

भारत सरकारले सर्वोच्चलाई बुझायो खोप अभियानको रोडम्याप 

भारत सरकारले सर्वोच्चलाई बुझायो खोप अभियानको रोडम्याप 

नेपालपाना श्रावण ५ २०७८
  • 3.5K
    SHARES
  • भारत सरकारले सर्वोच्चलाई बुझायो खोप अभियानको रोडम्याप 

    नयाँ दिल्ली । भारत सरकारले सर्वोच्च अदालतलाई कोरोनाविरुद्धको खोपको रोडम्याप बुझाएको छ । शनिबार सर्वोच्च अदालतलाई बुझाएको खोप अभियानको रोड म्याप अनुसार विभिन्न पाँच उत्पादकहरुबाट १८८ करोड डोज खोप उत्पादन गर्दे र यस वर्षको अन्तिम सम्ममा सम्पूर्ण वयस्क जनसंख्यालाई खोप लगाइसक्ने योजनबारे पनि जानकारी गराएको छ । 

    सरकारका अनुसार हालसम्म ५ दशमलव ६ प्रतिशत खोप लगाउन योग्य वयस्कहरुले मात्रै कोरोनाको दुई डोज खोप लगाउन पाएका छन् । भारतमा १८ वर्षभन्दा माथिको जनसंख्या करिब ९४ करोड रहेकोमा खोप पाउन बाँकी जनसंख्या ठूलो रहेको बताइएको छ । उनीहरुका लागि १८८ करोड डोज खोप आवश्यक हुनेसमेत जनाइएको छ । 

     भारतमा कोरोनाविरुद्धको खोप अभियान निकै तीव्र गतिमा अघि बढीरहेको छ । मार्चमा कोरोनाको नयाँ भेरियन्ट सुरु भएर स्वास्थ्य प्रणालीले नै अस्तव्यस्त बनाएपछि भारतले खोप अभियानलाई निकै तीव्र गतिमा अघि बढाएको हो । 

    भारतमा हाल दुई वटा खोपहरु लगाउन थालिएको छ । भारतको केन्द्र सरकारले सर्वोच्च अदालतलाई दिएको जानकारी अनुसार जुन २१ सम्मा ३१ करोड डोज खोप लगाइसकेको जानकारी गराएको छ । जसमध्ये १.७३ करोड डोज खोप अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई लगाइएको छ ।

    भारत सरकारका अनुसार २.६६ करोड डोज खोप फ्रन्टलाइनरहरुलाई लगाएको छ । त्यसैगरि ९.९३ करोड डोज खोप ४५ देखि ५९ वर्ष उमेर समूहका मानिसहरुलाई लगाइएको छ भने ८.९६ करोड डोज खोवप ६० वर्षभन्दा माथिका मासिनहरुलाई लगाइएको छ । 

    भारत सरकारले जुलाई ३१ सम्मा ५६ करोडभन्दा बढी जनसंख्यालाई खोप लगाइसक्ने भारत सरकारले प्रतिबद्धता रहेको छ ।

    श्रावण ५, २०७८ मंगलवार ०८:५७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana