Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कोभिड संकटमा नेपाली जनतालाई खोप दिएर अमेरिकाले लगाएको अमूल्य गुन, मित्रताका लागि फिल्डमै खटिए राजदूत बेरी

कोभिड संकटमा नेपाली जनतालाई खोप दिएर अमेरिकाले लगाएको अमूल्य गुन, मित्रताका लागि फिल्डमै खटिए राजदूत बेरी

नेपालपाना श्रावण ५ २०७८
  • 4.8K
    SHARES
  • कोभिड संकटमा नेपाली जनतालाई खोप दिएर अमेरिकाले लगाएको अमूल्य गुन, मित्रताका लागि फिल्डमै खटिए राजदूत बेरी

    काठमाडौं । नेपाल र अमेरिका धेरै पुरानो मित्र हुन् । कुटनीतिक सम्बन्धमा गाँसिएको नै ७५ वर्ष पूरा भइसकेको छ । यो उतार चढावपूर्ण सम्बन्धमा अमेरिकाले एकपटक फेरि नेपाली जनताको जीउज्यान जोगाउन अग्रसरता लिएको छ । खागरी नेपाललाई राम्रोसँग बुझेका, नेपाललाई दोस्रो घर ठान्ने नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीको मित्रवत व्यवहार र पहल योगदान सह्रानिय छ ।

    अमेरिकी नेतृत्वमा आएको बाइडेन प्रशासनले नेपाललाई प्राथमिकतामा राख्दै कोभिड १९ संकटमा खोप दिएर ठूलो गुन लगाएको छ । अमेरिकी खोपले धेरै नेपालीको जीवन जोगिनेछ । जीवन जोगाउने यो अभियानमा अमेरिकी सहयोग प्रशंसनीय छ ।

    यतिमात्रै होइन राजदूत बेरी आफै फिल्डमा खटिएर अमेरिकी मिसन अन्तर्गत खोपको प्रभावकारी कार्यान्वयनमा सघाइरहेका छन् ।

    अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहारमा दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार आठ सय पचास डोज कोभीड-१९ भ्याक्सिन काठमाडौं आइपुगेका छन् । एकपटक लगाए पुग्ने यो भ्याक्सीन पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ ।

    खोप अभियान सोमवारदेखि सुरु भइसकेको छ । राजदूत बेरी र प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीस्थित अस्पतालमा पुगी नेपालमा जोन्सन एन्ड जोन्सन खोप वितरण कार्यक्रमको शुरूवात अवलोकन गरेका थिए। अमेरिकी जनताद्वारा उपहारस्वरूप प्रदान गरिएका यी खोपले नेपालमा जीवन बचाउने महत्वपूर्ण काम गर्ने मात्रै होइन, झन्डै ७५ बर्ष लामो अमेरिका-नेपाल मित्रतालाई अझै बलियो पनि बनाउने भन्दै राजदूत बेरीले आफूहरु भाइरस परास्त नहुन्जेल एकसाथ साझेदारी जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    यति मात्रै होइन राजदूत बेरीले प्रधानमन्त्री देउवासँगै काठमाडौं उपत्यकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा अमेरिकी जनताको सहयोगमा शुरू गरिएको जोन्सन एन्ड जोन्सनको कोभीड-१९ खोप लगाउने कार्यक्रमको स्थलगत अवलोकन समेत गरेका छन् । झन्डै ७५ बर्ष लामो मित्रताको दौरानमा अमेरिका सदैव आवश्यक पर्दा नेपालको साथमा रहेको र भविष्यमा पनि रहने राजदूत बेरीको भनाई छ । ‘हामी सवै मिलेर कोरोना भाईरसलाई परास्त गर्नेछौं,’ उनले भनेका छन् ।

    झन्डै ७५ बर्ष लामो न्यानो नेपाल-अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम भएको राजदूत बेरीको भनाई छ ।

    राजदूत बेरीले अमेरिकी जनताबाट निशुल्क प्राप्त खोप नेपाली जनताको जीवन रक्षाका लागि भएको बताए । उनले राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं । यो जीवन रक्षासँग जोडिएको विषय हो भने ।

    ‘इतिहासकै यस पृथक चुनौतीको घडीमा आज हाम्रो साझेदारी सदाभन्दा झन महत्वपूर्ण बनेको छ । मलाई गर्व छ कि अमेरिका कोभिड १९ प्रतिकार्यमा नेपालालई सहयोग प्रदान गर्ने सबैभन्दा ठूलो दातृराष्ट्र हो । हामी नेपाली जनताको जीवनस्तरमा सुधार गर्ने कार्यमा मद्दत गर्न चाहन्छौं । यस चुनौतीको घडीमा हामी नेपाली जनताको साथमा छौं । यसमा हामी सबै संगै छौं,’ राजदूत बेरीले भनेका छन् ।

    त्यसो त अमेरिकी जनताहरूको तर्फबाट नेपालका लागि कोभिड-१९ सँग लड्न आवश्यक सहयोग आउने क्रममा केही दिनअघि ५ लाख थान आरडीटी किट आएको थियो । जसलाई युएसएआइडी नेपालकी निमित्त मिशन निर्देशक एड्रीयाना हएसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षमण अर्याललाई हस्तान्तरण गरेकी थिइन् । यो सहयोगले नेपालमा महामारीको अन्त्य गर्न र जीवन बचाउने कार्यमा सघाउन लागि अमेरिकी सरकारले उपलब्ध गराइरहेको सहयोगमा थप बल पुर्याउने अमेरिकी दूतावासको विश्वास छ ।

    त्यसअघि नेपालस्थित अमेरिकी मिशनले जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई झन्डै १६ लाख डोज एस्ट्राजेनेका कोभीड-१९ खोप उपलब्ध गराउने घोषणा गरेको पढ्न पाउँदा अत्यन्तै हर्ष व्यक्त गरेको थियो । प्रम सुगा र राष्ट्रपति वाइडेन समेतको नेतृत्वमा जापान र अमेरिका संसारभरीका सरकारहरूसँग सुरक्षित र प्रभावकारी भ्याक्सिनहरूको समतापूर्ण र विश्वव्यापी पहुँचमार्फत महामारीको अन्त्य गर्ने कार्यका लागि निरन्तर कार्यरत रहेको भन्दै अमेरिकी मिशनले भनेको छ, ‘हामी सवै एकसाथ मिलेर अझै सुरक्षित विश्वको निर्माण संभव छ र यसरी थप भ्याक्सीन आउने क्रम बढ्दा नेपालमा महामारीको अन्त्यको संभावना सार्थक हुने देखिन्छ।’

    यसैगरी कोभिड-१९ महामारी शुरू भएयता अमेरिकी इन्डो-प्यासिफिक कमान्डले नेपालमा कोरोना भाइरसमाथि विजय पाउनको लागि सघाउन झन्डै ७३ लाख अमेरिकी डलर बराबरका विभिन्न सहायतामूलक सामाग्रीहरू हस्तान्तरण गरिसकेको छ । गएको साता दूतावासमा कार्यरत डिफेन्स टिमका सदस्यहरूले सशस्त्र प्रहरीको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन कलेजमा पुगी प्राथमिक विपद प्रतिक्रिया प्रणाली पोड हस्तान्तरण गरे । निर्माण पुरा भएपछि यो सिस्टमले प्राकृतिक तथा मानवीय विपत्तीका बेला कम्तीमा ३००० जनालाई आश्रयस्थल प्रदान गर्नसक्ने अमेरिकी मिसनले जनाएको छ ।

    यी सहयोग त उदाहरणमात्रै हुन् । घोषणालगत्तै खोप लगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउने र नेपालमा अहिलेसम्मकै धेरै खोप अनुदानमा दिने देश बनेको छ अमेरिका छन् । विश्व पावरको दौडमा रहेको उत्तरी छिमेकी चीनले भने थोरैमात्रै खोप अनुदानमा दिएको छ । संकटका बेला खोप किन्न खोज्दा पनि नन डिस्क्लोजर अर्थात गोप्य सहमति गर्न चीनले नेपाललाई बाध्य पारेको छ । तर अमेरिकाले आपत् परेका बेला सात समुद्रापारी टाढा भए पनि मित्रवत् व्यवहार देखाउँदै खोप दिएर अमूल्य सहयोग छ । नेपालीहरुको जीवन रक्षामा साथ दिएको छ । 

    श्रावण ५, २०७८ मंगलवार १६:५८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana