Logo

बुधवार, मंसिर १५ गते २०७८

images

सर्लाहीको क्रियाशीलता विवाद: कांग्रेस नेताहरुले सत्यतथ्य बाहिर ल्याए, धर्ना बस्न उचाल्ने अमरेश सिंहको भण्डाफोर

सर्लाहीको क्रियाशीलता विवाद: कांग्रेस नेताहरुले सत्यतथ्य बाहिर ल्याए, धर्ना बस्न उचाल्ने अमरेश सिंहको भण्डाफोर

नेपालपाना श्रावण ५ २०७८
  • 16.0K
    SHARES
  • सर्लाहीको क्रियाशीलता विवाद: कांग्रेस नेताहरुले सत्यतथ्य बाहिर ल्याए, धर्ना बस्न उचाल्ने अमरेश सिंहको भण्डाफोर

    काठमाडौ । नेपाली कांग्रेस सर्लाहीको क्षेत्र नम्बर १ चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १, ३ र ५ का कांग्रेस कार्यकर्ता क्रियाशील सदस्यता वितरणलाई लिएर धर्नामा बसेका छन् । तीन वडाका ४ जना सोनीलाल साह, विकाउ मन्सुर, सत्यदेव सिंह र अनिल कर्ण धर्नामा बसेका हुन् । उनीहरुले विधिसम्मत र विधानअनुसार क्रियाशील सदस्यता वितरण नभएको तर्क गरेका छन् ।

    तर यो धर्नाका पछाडि थ्रपै स्वार्थ जोडिएको खुलेको छ । एकपछि अर्को गरी निहीत स्वार्थका लागि नेता कार्यकर्ता धर्नामा बसेको खुलेको हो । धर्नाको पछाडि सर्लाहीका कांग्रेस सांसद अमरेश सिंहको पनि हात रहेको खुलेको छ । उनले नै उचालेर पार्टीभित्र विवाद बढाएको बुझिएको छ ।

    IMG-20210720-WA0013.jpg

    पहिलो त धर्नामा बस्नेहरुको पुरै परिवार नै क्रियाशील सदस्य बनेका छन् । राजनीतिको र पनि नबुझ्नेलाई पनि क्रियाशील भनेर हालिएको छ । धर्नामा रहेका विकाउ मन्सुरको मात्रै क्रियाशील सदस्यमा परिवारबाट ९ जना परेका छन् । वडा नम्बर १ का सोनीलाल साहको परिवारबाट मात्रै ७ जना क्रियाशील सदस्यताको सूचीमा परेका छन् । आफ्नो परिवारका जम्मै सदस्यलाई क्रियाशील सदस्यता दिलाउने तर अन्य क्रियाशील युवालाई रोक्न धर्नामा बसेपछि सर्लाहीका कांग्रेसी नेता कार्यकर्ता आक्रोशित बनेका छन् । यस्तो बेला अमरेश सिंहले सोमवार धर्नामा बसेकालाई समर्थनको नाटक गरेपछि सत्य तथ्य बाहिर आएको छ । आफै धर्नामा बस्न लगाउने र बाहिरबाट समर्थनको नाटक गर्ने सिंहको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताले भण्डाफोर गरेका छन् ।

    IMG-20210720-WA0014.jpg

    रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर कांग्रेस सर्लाही जिल्ला सभापति एवं सांसद नागेन्द्र राय यादवले सत्य तथ्य बाहिर ल्याएका हुन् । यादव संस्थापन (देउवा) निकट मानिन्छन् । यादवले धर्नामा बस्न उचाल्ने अमरेशलाई कडा चुनौती पनि दिएका छन् ।

    अमरेशको र धर्ना बस्नेहरुको भण्डाफोर तथा यथार्थ बाहिर ल्याउने कार्यक्रममा जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह, केन्द्रीय सदस्य एवं पूर्वसांसद जंगिलाल राय, केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ का उम्मेदवार शम्भुलाल श्रेष्ठ, प्रदेश नम्बर २ का युवा तथा खेलकुद मन्त्री वीरेन्द्र कुमार सिंह र पार्टी प्रदेश नम्बर २ का सचेतक उपेन्द्र कुशवहा सहभागी थिए । 

    IMG-20210720-WA0016.jpg

    प्रदेश मन्त्री एवं कांग्रेस नेता वीरेन्द्र कुमार सिंहले अमरेश सिंहलाई कडा चुनौती दिए । ‘सर्लाहीबाट चुनाव जितेर आउनुभयो। जनताको मतले। अनि काठमाडौंमा ऐशआराम गरेर बस्ने? यदि तपाई सच्चा कांग्रेसी हो र सच्चा राजनीति गर्नुहुन्छ भने अहिले बाढी पहिरो गयो, कोरोना गयो, साढे तीन वर्षमा कतिपटक सर्लाही जानुभयो? चुनाव जिताउने जनताका लागि के के गर्नुभयो? तपाईको नैतिकताको राजनीति छ भने सिधै म सँग टेबुलमा कुरा गर्न आउनुस् । क्रियाशील सदस्यतामा अनशनमा गएर धर्ना दिने होइन । टेबुलमा बसेर फेस टु फेस कुरा गर्ने हो । आउनुस् ।’

    कहिल्यै पनि आफ्नो क्षेत्रमा कुरा नगर्ने र वडाका मान्छेको कुरा पनि नसुन्ने अमरेशले अहिले आएर क्रियाशीलता सदस्यतामा विवाद खडा गरेर समस्या बढाएको भन्दै सिंहले षडयन्त्र गर्ने भन्दा पार्टी मजबुद बनाउनेतिर लाग्न चेतावनी दिए ।

    IMG-20210720-WA0015.jpg 

    सिंहले अहिले क्रियाशील भएर आएका सदस्य पक्का कांग्रेसी भएको र पुराना पनि रहेको उल्लेख गर्दै नयाँ मान्छेलाई पार्टीको वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले छानेको जानकारी गराए । छानविन र पार्टीको प्रक्रिया पुरा गरी आएका सदस्यलाई रोक्नु खोज्नुको पछाडि व्यक्तिगत स्वार्थ जोडिएको र यसमा पार्टीले ध्यान दिन नहुने सिंहले स्पष्ट पारे ।

    श्रावण ५, २०७८ मंगलवार १७:३८:५७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana