Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

महेश बस्नेतले दिए माधव नेपाललाई एमाले छोड्न अल्टिमेटम,'एमालेमा बसेर पार्टी बर्बाद गर्नेलाई युवा संघले तह लगाउँछ'

महेश बस्नेतले दिए माधव नेपाललाई एमाले छोड्न अल्टिमेटम,'एमालेमा बसेर पार्टी बर्बाद गर्नेलाई युवा संघले तह लगाउँछ'

नेपालपाना श्रावण ५ २०७८
  • 4.9K
    SHARES
  • महेश बस्नेतले दिए माधव नेपाललाई एमाले छोड्न अल्टिमेटम,'एमालेमा बसेर पार्टी बर्बाद गर्नेलाई युवा संघले तह लगाउँछ'

    काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको बताएका हुन् । 'तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस् । हामी पुत्ला जलाउँदैनौं । सम्मानजनक बिदाइ गर्छौ । तर, एमालेमा बसेर बर्वाद गर्नेहरुलाई युवा संघले तह लगाउनै पर्छ,' उनले भने ।

    बस्नेतले एमाले सिध्याउनको लागि माधव नेपालहरुले भूमिका खेलेको टिप्पणी गरे । उनले माधव नेपाल समूहलाई नयाँ केशरजंग रायमाझी र गद्दारको संज्ञा दिएका छन् । 

    उनले भने, ‘७३ वर्ष पछाडि कम्युनिष्ट आन्दोलनलाई सरकारमा पुर्याएर, जनवादी आन्दोलनलाई नेतृत्वमा पुगेको, नेपालको राजनीतिको अस्थिर र महत्वकांक्षी पात्र प्रचण्ड हुन, उहाँमार्फत त्यो अभियान घुस्यो, त्यसमा हाम्रो पार्टीभित्रको गुटबन्दीलाई बेलैमा हामीले उपचार गर्न सकेनौं, बेलैमा उपचार गरेको भए सामान्य औषधी खाएर पनि निको हुन्थ्यो, तर क्यान्सर भएपछि अब औषधीले काम गर्दैन । त्यसलाई काटेर पनि फाल्नुपर्ने हुन्छ । एमालेको खाना खाएर कांग्रेस र माओवादी केन्द्रको गाना गाउने काम भयो, अब तिनीहरुलाई पार्टीबाट निश्काषन गर्नेछ । हाम्रा विगतका धेरै तिता मिठा अनुभव छन् ।’ 

    उनले माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पुच्छरको संज्ञा पनि दिएका छन् ।

    श्रावण ५, २०७८ मंगलवार १७:४९:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana