Logo

आइतवार, मंसिर १२ गते २०७८

images

भारतलाई मेरिटायम लिडर मुलुक बनाउन भारतीय उपराष्ट्पति नायडूको आह्वान

भारतलाई मेरिटायम लिडर मुलुक बनाउन भारतीय उपराष्ट्पति नायडूको आह्वान

नेपालपाना श्रावण ६ २०७८
  • 3.8K
    SHARES
  • भारतलाई मेरिटायम लिडर मुलुक बनाउन भारतीय उपराष्ट्पति नायडूको आह्वान

    विशाखापटनम । भारतीय उपराष्ट्रपति एम. बैंकैया नायडूले शनिबार भारतलाई एक अग्रणी समुद्री राष्ट्र बनाउन आह्वान गरेका छन् । महत्वाकांक्षी दृष्टिकोण प्राप्त गर्न बन्दरगाहले खेल्ने महत्त्वपूर्ण भूमिकाका विषयमा पनि उनले जोड दिएका छन् । 

    विशाखापट्टनम पोर्ट ट्रस्टका अध्यक्ष के रामा मोहना राव र अन्य वरिष्ठ अधिकारीहरूले उपराष्ट्रपतिलाई विशाखापट्टनममा एक कुराकानीको क्रममा एउटा प्रस्तुतीकरण गरेका थिए । उनीहरूले उपराष्ट्रपतिलाई बन्दरगाहमा विस्तार योजनासहित विभिन्न क्रियाकलापहरूबारे अवगत गराएका छन् । 

    भारत रणनीतिक रूपमा सात हजार ५१७ किलोमिटर लामो समुद्रीतट र २०० भन्दा बढी ठूला र साना बन्दरगाहसहित विश्वको शिपिंग मार्गमा अवस्थित रहेको र उनले भने, "यी बन्दरगाहहरूले भारतको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छन् ।"

    पुरातन भारत एक महान समुद्री शक्ति थियो र कोला राजा र कलिंग राजाहरूको नाविकहरूले महासागरमा शासन गर्थे भनेर सम्झँदै उपराष्ट्रपतिले भने, ूहामीले त्यो विगतको महिमा फेरि प्राप्त गर्नुपर्नेछू।

    मुलुकमा बन्दरगाहको पूर्वाधारको विकासलाई जोड दिँदै उनले महत्वाकांक्षी सगरमाला परियोजनाको हिस्साका रूपमाभन्दा बढी परियोजनाहरू पोर्ट नेतृत्वको विकासका अवसरहरु अनलक गर्नका लागि पहिचान गरिएको र यी पहलमा ३.५ लाख करोडभन्दा बढी परिचालन हुने अपेक्षा गरिएको छ । 

    सन् २०२०-२१ को अवधिमा महामारीको कारण विशाखापट्टनम बन्दरगाहमा कार्गो प्रवृत्तिमा आएको गिरावटलाई ध्यान दिदै उपराष्ट्रपतिले अवस्था सामान्य भएपछि बन्दरगाहले आफ्नो वृद्धि पथ पुनः प्राप्त हुने आशा व्यक्त गरे । 

    श्रावण ६, २०७८ बुधवार ०९:०७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana