Logo

शनिवार, श्रावण २८ गते २०७९

images

ईदकै दिन बाबुरामले गरे हिन्दु धर्ममाथि प्रहार, योगीको तस्विर परयो महंगो, बीजेपी विदेश प्रमुखले दिए दनक

ईदकै दिन बाबुरामले गरे हिन्दु धर्ममाथि प्रहार, योगीको तस्विर परयो महंगो, बीजेपी विदेश प्रमुखले दिए दनक

नेपालपाना श्रावण ६ २०७८
  • 19.5K
    SHARES
  • ईदकै दिन बाबुरामले गरे हिन्दु धर्ममाथि प्रहार, योगीको तस्विर परयो महंगो, बीजेपी विदेश प्रमुखले दिए दनक

    काठमाडौं । नेपालमा सनातन धर्म मास्ने योजनाका साथ जनभावना विपरीत धर्म निरपेक्षता लाद्ने एक नाइके हुन् बाबुराम भट्टराई । केपी ओली सत्तामा धर्म निरपेक्षता संकटमा परेपछि बाबुराम निकै आत्तिएका थिए । भारतका समेत क्रिश्चियन समर्थक इयु निकट बुद्धिजीवी तथा गुरुसँग मिलेर बाबुरामले ओलीलाई प्रतिगामी देखाउने र भारतले परिवर्तनलाई थ्रेट दिएको देखाउन निकै बल लगाए । त्यसमा ओलीलाई हटाउन बाबुराम सफल भएका छन् । नेपालमा बल्ल बल्ल धर्म निरपेक्षता अर्थात क्रिश्चियानिटी जोगाउन सफल बाबुराम आजकल हिन्दु धर्ममाथि प्रहार मात्रै होइन भारतका हिन्दुवादी नेताको तस्विर शेयर गरेर व्यंग्य गर्ने काममा लागेका छन् । 

    बुधवार मुसलमान धर्मावलम्बीको बकर इद । इदका दिन सार्वजनिक विदा छ । सबै नेताले बकर इदको शुभकामना दिएर धार्मिक सदभाव देखाएका छन् । तर बाबुरामले इदकै दिन सम्पूर्ण हिन्दु धर्ममै प्रहार हुनेगरी व्यंग्य गरेका छन् । 

    IMG-20210721-WA0000.jpg

    उनले हिन्दुहरुलाई अन्धविश्वासी भनेर आलोचना गरेका छन् । दुध फालेर पिसाब पिउने भनेर हिन्दुको आस्थामाथि नै प्रहार गरेका छन् । र शेयर गरेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको तस्विर । 

    बाबुरामलाई के थाहा गाईको गहुँत (पिसाब) को महत्व । हुन त ब्राह्मण परिवारमा जन्मेका हुन् । तर उनको हुती भने एउटा दलित जति छैन । दलितलाई सोधे पनि थाहा हुन्छ कि गहुँतको महत्व विशेषता । तर परिवर्तनका नाममा अरुको एजेण्डा बोकेर प्रलोभन पुगेर आफ्नो मौलिक सनातन धर्म नै सिध्याउन लागिपरेका स्वाँठहरुलाई त्यसको के मतलब । बस डलर आए भयो । आफ्नो दुनो सोझिए भयो । 

    नेपालमा धर्म नै निमिट्यान्न पार्न सक्रिय बाबुरामले भारतलाई समेत छेड्न थालेका छन् । मुख्यमन्त्री आदित्यनाथलाई व्यंग्य गरेर भारतलाई र हिन्दुलाई छडेपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले प्रतिवाद गरेका छन् । नेपालमा हिन्दुमाथि खुलेयाम प्रहार हुँदा कोही बोल्न नसकेका बेला भारतीय प्रभावशाली नेता चौथाईवालेले भने बाबुरामको असलियत बाहिर ल्याउँदै दनक दिएका हुन् । 

    बाबुरामले हिन्दु धर्मलाई लक्षित गरेर भनेका छन्, ‘अन्धविश्वास खतरनाक कुरा हो । यसले तपाईंलाई दुध फाल्ने भन्छ र पिशाब पिउने भन्छन्’ भारतका साथीहरुको कुरा उनले शेयर गर्दै भनेका छन् । 

    यो कुरामा उनले युपीका मुख्यमन्त्री आदित्यनाथले दुध जलमा चढाएर पूजा गरिरहेको तस्विर शेयर गरेका छन् । 

    यसमा भाजपा नेता चौथाईवालेले भनेका छन्, ‘प्रिय श्री बाबुरामजी, यो बिल्कुल स्पष्ट छ कि तपाई र तपाईका सहपाठी ईदका अवसरमा हिन्दू धर्म र रीति-रिवाजहरुको अपमान गर्नुहुनेछ ।’

    यो टिप्पणीमा चौथाईवालेले बाबुरामको हैसियत देखाइदिएका छन् । जनभावना विपरीत आफ्नो देशको संविधानमा पश्चिममा प्रभावमा संविधानमा धर्म निरपेक्षता घुसाउने बाबुरामबाट इदको दिन हिन्दु धर्ममाथि प्रहार हुनु स्वभाविक भएको चौथाईवालेको आशय छ । यसमा उनका हिन्दु विरोधी भारतीय साथीहरु पनि मिसिनु अपमान गर्नु ठूलो कुरा नभएको चौथाईवालेको निष्कर्ष छ । एउटा देशको पूर्वप्रधानमन्त्री भइसकेको मान्छेको हल्का टिप्पणीले आज हिन्दुमाथि प्रहारमात्र होइन सिंगो देशको इन्ट्रीगिटी मै प्रश्न उठाउने काम बाबुरामले गरेका छन् ।

    श्रावण ६, २०७८ बुधवार १८:३९:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend