Logo

आइतवार, श्रावण १० गते २०७८

भीम रावलले साथ छाडेपछि माधव नेपाल तनावमा, फकाउन यस्तो छ रणनीति

भीम रावलले साथ छाडेपछि माधव नेपाल तनावमा, फकाउन यस्तो छ रणनीति

नेपालपाना श्रावण ६ २०७८
  • 1.9K
    SHARES
  • भीम रावलले साथ छाडेपछि माधव नेपाल तनावमा, फकाउन यस्तो छ रणनीति

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले माधव नेपालको साथ छोडेका छन् । पार्टी एकता जोगाउन सांसद पदबाट राजीनामा सम्म दिएका रावल बुधवार माधव नेपाल समूहको बैठकमै उपस्थित भएनन् । 

    पार्टी विभाजन गर्ने उद्देश्यले नेपालले शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि विवाद मिलाउन गठित कार्यदलका सदस्य रावल उनसँग चिढिएका हुन् । 

    रावल असन्तुष्ट भएर बैठक उपस्थित नभएपछि फकाउन माधव नेपाल उनको निवास टोखा पुगेका छन् । रावलका सहयोगी एकिन्द्र कुँवर नेता नेपाल टोखा पुगेको जानकारी दिएका छन् । 

    भेटमा नेता नेपालले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको बुझिएको छ । यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । रावलको राजीनामा संसद सचिवालयले स्वीकृत भने गरिसकेको छैन ।

    श्रावण ६, २०७८ बुधवार १९:३८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana