Logo

आइतवार, श्रावण १० गते २०७८

धर्म परिवर्तनका कारण देश संकटमा - कमल थापा

धर्म परिवर्तनका कारण देश संकटमा - कमल थापा

नेपालपाना श्रावण ६ २०७८
  • 1.5K
    SHARES
  • धर्म परिवर्तनका कारण देश संकटमा - कमल थापा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई देशमा राजनीतिक स्थायित्व, शान्तिसुरक्षा र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । 

    उहाँले राप्रपाद्वारा आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुकमा शान्ति, स्थिरता र समृद्धिका लागि जनताको आशाविपरीत अहिलेको धर्मको व्यापक परिवर्तनका साथै बाह्य चलखेलको प्रभावले गर्दा राष्ट्र गम्भीर सङ्कटमा पर्न लागेको बताउनुभयो ।

    उहाँले मुलुकलाई स्थिर राजनीतिक प्रजातान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । 

    सो अवसरमा राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव सागर थापाले पार्टीको आगामी महाधिवेशनबाट सक्षम नेतृत्व निर्वाचित गर्न र पार्टीलाई एक ढिक्का बनाई लैजान नेता तथा कार्यकर्ता गुटबाट अलग भई पार्टीप्रति निष्ठावान् हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

    श्रावण ६, २०७८ बुधवार २०:३७:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana