Logo

शनिवार, श्रावण २८ गते २०७९

images

सर्वोच्चको फैसलालाई चुनौती दिँदै एमालेले गर्यो अर्को बोल्ड निर्णय, कांग्रेसको पनि समर्थन

सर्वोच्चको फैसलालाई चुनौती दिँदै एमालेले गर्यो अर्को बोल्ड निर्णय, कांग्रेसको पनि समर्थन

नेपालपाना श्रावण ७ २०७८
  • 65.7K
    SHARES
  • सर्वोच्चको फैसलालाई चुनौती दिँदै एमालेले गर्यो अर्को बोल्ड निर्णय, कांग्रेसको पनि समर्थन

    काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७६ उपधारा ५ मा सर्वोच्च अदालतबाट भएको निर्दलीयताको व्याख्यालाई संशोधन गर्ने निर्णय गरेको छ । 

    एमालेको केन्द्रीय समिति बैठकले फैसला नै निष्क्रिय हुनेगरी उपधारा ५ को प्रावधानमा संशोधन गर्ने निर्णय गरेको हो । 

    उपधारामा सर्वोच्चले गरेको फैसलाले संविधानको आधारभूत संरचना बहुदलीय व्यवस्थालाई नै चुनौती दिएको भन्दै एमालेले संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

    एमालेको निर्णयमा नेपाली कांग्रेसको पनि समर्थन जनाउने अपेक्षा गरिएको छ । किनभने कांग्रेसले उपधारा ५ को व्यवस्था राख्नै नहुने अडानमा संविधान निर्माणका बेला लिएको थियो । तर एमाले र माओवादीको बलमा कांग्रेस पछि हटेको थियो । सर्वोच्चको उपधारा ५ मा दलीय ह्विप नलाग्ने सांसद स्वतन्त्र हुने फैसलामा कांग्रेसकै केही नेताहरुको असन्तुष्टि पाइएको छ । 

    नेता चन्द्र भण्डारीले अहिले कांग्रेसको सरकार बन्दैमा खुसी हुन नहुने र पछि यो व्याख्याले कांग्रेसलाई पनि हानी गर्ने भन्दै संविधान संशोधनको समर्थन गरिसकेका छन् । 

    एमाले केन्द्रीय समितिले फैसलालाई जनतामा लगेर भण्डाफोर अभियान चलाउने निर्णय पनि गरेको छ ।

    श्रावण ७, २०७८ बिहिवार ०८:१६:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend