Logo

आइतवार, श्रावण १० गते २०७८

विश्वमै तिब्र खोप लगाउने मुलुक भारत रहेको मन्त्री ठाकुरको भनाई

विश्वमै तिब्र खोप लगाउने मुलुक भारत रहेको मन्त्री ठाकुरको भनाई

नेपालपाना श्रावण ७ २०७८
  • 1.2K
    SHARES
  • विश्वमै तिब्र खोप लगाउने मुलुक भारत रहेको मन्त्री ठाकुरको भनाई

    नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेश राज्यका अर्थ तथा कर्पोरेट मामिला मन्त्री अनुराग ठाकुरले विश्वमै तिब्र र व्यापक रुपमा खोप लगाउने मुलुक भारत रहेको बताएका छन्।

    अर्थ तथा कर्पोरेट मामिला मन्त्री अनुराग ठाकुरले कोभिड १९ बिरुद्ध सरकारको कामबारे  विवरण प्रस्तुत गर्दै भारतले सबैभन्दा तिब्र र व्यापक खोप लगाईरहेको बताएका हुन् ।

    भारतीय कांग्रेस पार्टीका नेता मल्लीकअर्जुन खर्गेले कोभिड १९ बिरुद्ध कदमबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई  सुझाव दिएपछि मन्त्री ठाकुरले सरकारको कामबारे विवरण प्रस्तुत गरेका हुन् ।

    स्वास्थ्य सामाग्री आयातमा लाग्ने कर समेत सरकारले भुक्तानी गरेको, र  कोभिड १९ बिरुद्ध खोपको सामाग्री तथा सेवाको कर आधा हिस्सा केन्द्र सरकार र आधा हिस्सा राज्य सरकारहरुलाई बाँडफाँड गरिएको पनि उनले बताए ।

    खोपको ७० प्रतिशत राजस्व समेत राज्य सरकारहरुमा प्रदान गरिएको मन्त्री ठाकुरले बताए । विश्वमै सबैभन्दा तिब्र खोप अभियान भारतमा भएको भन्दै एक सय तीन दिनको अवधिमा मात्रै भारतमा १५ करोड मानिसमा खोप लगाइएको उनले बताए ।

    सरकारले सत्र करोड डोज खोप राज्य तथा केन्द्र शासित क्षेत्रहरुमा निशुल्क उपलब्ध गराएको उनले बताए । सरकारले फ्रन्टलाइन वर्कर्स तथा ४५ बर्ष उमेर समुह माथिका नागरिकहरुलाई निशुल्क खोप प्रदान गरिएको मन्त्री ठाकुरले बताए ।

    त्यस्तै, सरकारले रुसबाट एक लाख पचास हजार स्पुत्नीक भी खोप आयात गरेको पनि मन्त्री ठाकुरले बताएका छन् ।

    श्रावण ७, २०७८ बिहिवार ०९:०२:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana