Logo

आइतवार, श्रावण १० गते २०७८

प्रम देउवाबारे भारतीय धर्मगुरुको चकित पार्ने भविष्यवाणी,  बालुवाटारमा खुसियाली

प्रम देउवाबारे भारतीय धर्मगुरुको चकित पार्ने भविष्यवाणी,  बालुवाटारमा खुसियाली

नेपालपाना श्रावण ७ २०७८
  • 31.5K
    SHARES
  • प्रम देउवाबारे भारतीय धर्मगुरुको चकित पार्ने भविष्यवाणी,  बालुवाटारमा खुसियाली

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा गृहमन्त्री बालकृष्ण खाणसँग भारतका हिन्दु धर्मगुरुले भेट गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले देउवा र राणालाई भेट गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले भारतीय धर्मगुरु सुर्याचार्यलाई भव्य स्वागत गरेका छन् । उनले धर्मगुरुसँग आशीर्वाद ग्रहण गरेका छन् ।

    धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर कुराकानी गरेका थिए । भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) तीन दिनदेखि काठमडौंमा छन् ।

    जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले प्रधानमन्त्री देउवाको नक्षत्र राम्रो रहेकाले नेपालको प्रगति हुने पनि बताएको स्रोतले जनाएको छ ।

    जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री देउवाले हिन्दु धर्ममा विश्वास र आस्था राख्छन् ।

    श्रावण ७, २०७८ बिहिवार ०९:३८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana