Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रभु साह र किसान श्रेष्ठसँग जोडेर महेश बस्नेतमाथि दुई प्रहार, यसरी गरे भण्डाफोर

प्रभु साह र किसान श्रेष्ठसँग जोडेर महेश बस्नेतमाथि दुई प्रहार, यसरी गरे भण्डाफोर

नेपालपाना श्रावण ७ २०७८
  • 13.0K
    SHARES
  • प्रभु साह र किसान श्रेष्ठसँग जोडेर महेश बस्नेतमाथि दुई प्रहार, यसरी गरे भण्डाफोर

    काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत अहिले चर्चामा छन् । एमालेका दुई नेता प्रभु साह र किसान श्रेष्ठसँग जोडेर सञ्चारमाध्यममा चर्चा भएपछि बस्नेतले मुख खोलेका छन् । 

    बस्नेतविरुद्ध अहिले बजारमा दुई हल्ला चलेका छन्, पहिलो सांसद कृष्ण कुमार श्रेष्ठ 'किसान'ले बस्नेतको योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए । दोस्रो पूर्वमन्त्री प्रभु साहले गठन गरेको ‘आइटी आर्मी’ मा बस्नेतको अहसमति । 

    यी समाचार सिलसिलेवार रुपमा आएपछि बस्नेतले खण्डन गरेका छन् । सामाजिक संजालमार्फत उक्त खबरहरू श्रोत र सम्पर्क बिनाको अनलाइनहरुका खबर रहेको  भन्दै आपत्ति समेत जनाएका छ्न् । पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार शीर्षकमा लेखिएको समाचारप्रति उनले आपत्ति जनाएका छन् । 

    महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली मचेको भनी समाचारमा उल्लेख छ । बस्नेत सो समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा उनको सम्बन्ध साहसंग राम्रो रहेको र उहाँहरू मिलेर काम गर्ने स्पष्ट पारेका छन् । 

    उनले समाजिक सन्जालमा पोस्ट गरेका छन्, 'कमरेड पूर्व मन्त्री साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाहअनुसार नै बनेको हो आईटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन । श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु ।'

    त्यसैगरी बस्नेतले आफ्नो योजनामा किसान श्रेष्ठले देउवालाई विश्वासको मतको सम्बन्धमा सामाजिक सञ्जालमै जवाफ दिएका छन्, 'मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनीतिक सम्बन्ध हो, पौराणिक खालको श्रीमान श्रीमती जस्तो मृत्यु सति जाने जस्तो सम्बन्ध होइन । केही मिडिया किन रमाएका हुन् ?'

    श्रावण ७, २०७८ बिहिवार ११:३८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana