Logo

शुक्रवार, मंसिर १६ गते २०७९

हिन्दुमाथि प्रहार गर्ने बाबुराम भट्टराईविरुद्ध देशभर प्रदर्शन, माफी नमागे महंगो पर्ने चेतावनी

हिन्दुमाथि प्रहार गर्ने बाबुराम भट्टराईविरुद्ध देशभर प्रदर्शन, माफी नमागे महंगो पर्ने चेतावनी

नेपालपाना श्रावण ८ २०७८
  • 24.8K
    SHARES
  • हिन्दुमाथि प्रहार गर्ने बाबुराम भट्टराईविरुद्ध देशभर प्रदर्शन, माफी नमागे महंगो पर्ने चेतावनी

    काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

    बाबुरामले बकर इदकै दिन हिन्दुको आस्थामाथि प्रहार हुनेगरी सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेपछि त्यसको विरोध भइरहेको छ ।

    भारतका साथै नेपालका शीर्ष तहबाट समेत बाबुरामको हर्कतको विरोध भइरहेका बेला उनीविरुद्ध आन्दोलन सुरु भएको हो ।

    विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध देशका विभिन्न भागहरुमा प्रदर्शन भएको जानकारी दिएकी छन् । बाबुरामले हिन्दुहरुको आस्था प्रति अपहेलना पैदा गरि उनले एक ट्विट गरेका थिए ।

    जसमा गोरक्षपिठाश्वर महन्त योगी आदित्यनाथजी लगायतका हिन्दु नेताहरुले गंगामा दुधधारा अर्पण गरेको तस्बिरका बिषयमा बाबुरामले हिन्दु धर्मको खिल्ली उडाउँदै उपहास गरेका छन् ।

    भण्डारीले हिन्दु धर्मावलम्बीको भावनामा चोटपुग्ने र धार्मिक तथा सामाजिक सद्भाव भड्किन सक्ने गतिविधि नगर्न/ नगराउन डा. भट्टराईलाई अनुरोध गर्दै आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिई हिन्दु धर्मावलम्बी समक्ष माफी माग्न आग्रह गरेकी छन् ।

    श्रावण ८, २०७८ शुक्रवार ११:२८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend