Logo

शुक्रवार, आश्विन १ गते २०७८

भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श सुरू

भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श सुरू

नेपालपाना श्रावण ८ २०७८
  • 3.6K
    SHARES
  • भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श सुरू

    काठमाडाैं। छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ ।

    काठमाडौँस्थित भारतीय दूतावासले प्रदान गर्ने  शतप्रतिशत कम्पेक्स  छात्रवृत्तिमा आवेदन दिने विद्यार्थीका लागि विश्वविद्यालयका पूर्वाधार, गुणस्तर,  अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र छात्रवृत्तिका बारेमा फाउण्डेशनले परामर्श गरेको हो । 

    यसबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका निर्देशक सन्तोषकुमार चौधरीले शैक्षिक सत्र सन् २०२१/२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा आफूहरुले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज्’ अन्तर्गत सहयोग गर्ने बताउनुभयो । कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

    श्रावण ८, २०७८ शुक्रवार १९:४२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana