Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कांग्रेसमा तनाव, पार्टीकाे वैधानिकता नै गुम्ने भएपछि 'ताते' रामचन्द्र पौडेल

कांग्रेसमा तनाव, पार्टीकाे वैधानिकता नै गुम्ने भएपछि 'ताते' रामचन्द्र पौडेल

नेपालपाना श्रावण ८ २०७८
  • 19.2K
    SHARES
  • कांग्रेसमा तनाव, पार्टीकाे वैधानिकता नै गुम्ने भएपछि 'ताते' रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसको वैधानिकता नै गुम्न सक्ने सम्भवना देखिएको छ । भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुने नेपाली कांग्रेसकै नेता रामचन्द्र पौडेलले बताएका हुन् ।

    यसै कारण नेता पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न आह्वान गरेका छन्। कांग्रेसभित्र यतिबेला क्रियाशिलता छाबिनकै बिषयमा तनाव उत्पन्न भएकाे छ । यसकाे समाधानका लागि समेत उच्चस्तरकै नेताहरू लागि परेका छन् ।

    पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्यसँगको साक्षात्कार’को बिमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे। पार्टीको वैधानिकतालाई जोगाउन यसो गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौडलको तर्क थियो। 

    श्रावण ८, २०७८ शुक्रवार १९:५०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana