Logo

शुक्रवार, आश्विन १ गते २०७८

भारतमा कोरोना महामारी बिरुद्ध ठुला कर्पोरेट तथा बहुराष्ट्रिय कम्पनीहरुको सहायता

भारतमा कोरोना महामारी बिरुद्ध ठुला कर्पोरेट तथा बहुराष्ट्रिय कम्पनीहरुको सहायता

नेपालपाना श्रावण ९ २०७८
  • 2.9K
    SHARES
  • भारतमा कोरोना महामारी बिरुद्ध ठुला कर्पोरेट तथा बहुराष्ट्रिय कम्पनीहरुको सहायता

    नयाँ दिल्ली । भारतमा कोरोना माहामारीको समयमा ठुला कर्पोरेट संस्थानहरुले स्वास्थ्य सहायता गरिरहेका छन् ।

    भारतमा कोरोना माहामारी बिरुद्ध बाह्य तथा आनतरिक ठुला कर्पोरेट संस्थान तथा बहुराष्ट्रिय कम्पनीहरुले स्वास्थ्य सामाग्री आपुर्ति गर्दै सहायता गरिरहेका छन् ।

    भारतमा कोरोना माहामारीमा बहुराष्ट्रिय प्राविधिक कम्पनी अमेजन तथा माइक्रोसफ्ट, गुगल साथै आन्तरिक कर्पोरेट कम्पनीहरु टाटा सन्स, रिलायन्स इन्डस्ट्रिज, अदानी ग्रुप लगायतले स्वास्थ्य सामाग्री आपुर्ति गर्दै सहयोग गरिरहेका छन् ।

    यी ठुला कर्पोरेट समुहहरुले भारतमा कोभिड बिशेष अस्पताल सञ्चालन, हवाई विमानद्धारा अक्सिजन आयात तथा आर्थिक सहायता गरेका छन् । गुगल प्रमुख कार्यकारी अधिकारी (सिईओ) सुन्दर पिचाईले कम्पनीको तर्फबाट १८ अर्ब अमेरिकी डलर आर्थिक सहायता गर्ने घोषणा गरिसकेका छन् ।

    त्यस्तै अमेजन कम्पनीले एक हजार मेडट्रोनिक भेन्टिलेटर उपलब्ध गराएको छ । माइक्रोसफ्ट कम्पनीले एक हजार भेन्टिलेटर तथा पच्चिस हजार अक्सिजन कन्सन्ट्रेटर उपकरणहरु भारतमा उपलब्ध गराएको छ ।

    भारतीय अर्बपति मुकेस अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले दैनिक एक हजार टोन तरल अक्सिजन उत्पादन गर्ने बताएको छ भने गुजरातको जामनगर र मुम्बईमा एक हजार आठ सय ७५ शैया क्षमताको निशुलक कोभिड अस्पताल सञ्चालन गरेको छ ।

    कोरोना माहामारी बिरुद्ध भारतमा दर्जनौ ठ्ला कर्पोरेट कम्पनीहरुले सहायता गरिरहेका छन् ।

    श्रावण ९, २०७८ शनिवार ०९:४९:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana