Logo

शुक्रवार, आश्विन १ गते २०७८

भारतमा खोप नै कोरोना माहामारीको दिर्घकालीन समाधान रहेको डा. फाउचीको भनाई

भारतमा खोप नै कोरोना माहामारीको दिर्घकालीन समाधान रहेको डा. फाउचीको भनाई

नेपालपाना श्रावण ९ २०७८
  • 2.6K
    SHARES
  • भारतमा खोप नै कोरोना माहामारीको दिर्घकालीन समाधान रहेको डा. फाउचीको भनाई

    वासिंगटन डि सि । अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञले भारतमा कोभिड १९ माहामारी बिरुद्ध खोप नै अपरिहार्य रहेको बताएका छन् ।

    अमेरिकाका प्रमुख संक्रमक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भारतमा कोरोना माहामारीको दिर्घकालीन समाधान नै खोप लगाउनु रहेको बताएका छन् ।

    भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको बेला अमेरिकी डा. फाउचीले खोप नै मुख्य विकल्प रहेको बताएका हुन् । कोभिड १९ बिरुद्धको दिर्घकालीन समाधान र अन्त्य नै सबै मानिसमा खोप लगाउनु रहेको उनले बताए ।

    इण्डीयामा कोभिड १९ बिरुद्ध खोप उत्पादनका लागि आन्तरिक र बाह्य सहयोगद्धारा प्रसस्त स्रोतसाधन उपलब्ध भएको भन्दै ईण्डीया विश्वमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक भएको पनि डा. फाउचीले टिप्पणी गरे ।

    डा. फाउची राष्ट्रपति जो बाइडेन प्रशासनको प्रमुख चिकित्सा सल्लाहकार तथा अमेरिकी राष्ट्रिय संक्रामक रोग तथा एलर्जी संस्थानका निर्देशक हुन् । भारतले अझ धेरै मात्रामा खोप उत्पादन गर्ने र लगाउनुपर्ने उनले जोड गरे ।

    साथै कोरोना संक्रमितको उपचारका लागि अस्थायी रुपमा अस्पताहरु सञ्चालन गनुपर्ने डा. फाउचीले बताएका छन् ।

    श्रावण ९, २०७८ शनिवार ०९:५३:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana