Logo

शुक्रवार, आश्विन १ गते २०७८

एमाले फुटे युथ फोर्सले देशभरी आगो बाल्छ - महेश बस्नेत

एमाले फुटे युथ फोर्सले देशभरी आगो बाल्छ - महेश बस्नेत

नेपालपाना श्रावण ९ २०७८
  • 4.7K
    SHARES
  • एमाले फुटे युथ फोर्सले देशभरी आगो बाल्छ - महेश बस्नेत

    काठमाडौं। नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले एमाले विरोधी निर्णय नगर्न कडा चेतावनी दिएका छन् ।

    नेत बस्नेतले शनिबार काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका चेतावनी दिएका हुन् ।

    उनले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने टिप्पणी गरे । 

    युथ फोर्स कुनै बौद्धिक समूहको विरुद्धमा खोलिएको संगठन नभएको बताउँदै चावहिलको भट्टीमा बसेर जाँड खाँदै बौद्धिक अराजकता मच्चाउनेका लागि साइबर सेना परिचालन गरेर ठीक ठाउँमा ल्याउने नेता बस्नेतको चेतावनी थियो । 

    उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने उद्घोष गरे ।

    श्रावण ९, २०७८ शनिवार १८:५२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana