Logo

आइतवार, मंसिर १८ गते २०७९

अमरेश सिंहको अर्को कर्तुत बाहिर आयो: जिल्लाबाटै उठ्यो कारवाहीको माग, सभापति देउवाकहाँ पुग्यो पत्र

अमरेश सिंहको अर्को कर्तुत बाहिर आयो: जिल्लाबाटै उठ्यो कारवाहीको माग, सभापति देउवाकहाँ पुग्यो पत्र

नेपालपाना श्रावण १० २०७८
  • 28.1K
    SHARES
  • अमरेश सिंहको अर्को कर्तुत बाहिर आयो: जिल्लाबाटै उठ्यो कारवाहीको माग, सभापति देउवाकहाँ पुग्यो पत्र

    काठमाडौं । सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा जितेका कांग्रेसका सांसद अमरेश सिंहलाई सोही जिल्लाका पार्टी सभापतिलगायत केन्द्रीय सदस्यहरुले कारबाहीको माग गरेका छन् । क्रियाशील सदस्यता विवादमा पार्टी कार्यालयमा धर्ना बसाउने, राजीनामाको नाटक गर्ने अमरेशको अर्को कर्तुत जिल्लाबाटै बाहिर आएको छ । अमरेशले गुटबन्दी गरेर परिवारवादलाई प्रश्रय दिएर जिल्लामा कांग्रेस कमजोर बनाएको खुलेको हो । 

    यस्तो बेला पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र लेख्दै सिंहमाथि कारबाही नभए पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता पार्टीमा रहन नसक्ने अवस्था आउनेतर्फ उनीहरुले सचेत गराएका छन् । 

    कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय, सर्लाहीबाट केन्द्रीय सदस्य भएका जंगीलाल राय र शम्भुलाल श्रेष्ठ, सिंहको निर्वाचन क्षेत्र सर्लाही ४ अन्तर्गतको दुईवटै प्रदेशसभामा विजयी सांसदहरु वीरेन्द्रप्रसाद सिंह र उपेन्द्रप्रसाद कुशवाहले हस्ताक्षर गरेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    सर्लाहीमा क्रियाशिल सदस्यता वितरणमा विवाद भएर एउटा पक्ष अहिले केन्द्रीय कार्यालयमा धर्नामा छ । धर्ना दिनेको पक्ष लिंदै समस्या समाधानका लागि दवाव दिन सिंहले सांसद पदबाट राजीनामा दिएको पत्र संसदीय दलका नेता देउवालाई बुझाएका छन् । सिंहले राजीनामा पत्र बुझाएपछि जिल्लाका नेताहरु आक्रोशित भएका हुन् । 

    सिंहसहित क्षेत्र ४ बाट प्रदेशसभाको दुबै पदमा कांग्रेसका उमेदवारले जितेका थिए । तर अहिले सिंह एक्लिएका छन् । प्रदेशसभामा जितेका दुबै सांसद अहिले अमरेशलाई कारबाही हुनुपर्ने माग गर्दै केन्द्रमा आइपुगेका छन् ।

    अमरेशविरुद्ध कारबाहीको माग गर्दै बुझाइएको ध्यानाकर्षण पत्रमा सिंहले पार्टीका लागि अहिलेसम्म केही नगरेको, आफू नेता र बाँकी सबैलाई कार्यकर्ता ठानेर हेप्ने गरेको र उनको कृयाकलापले संगठन कमजोर बनेको आरोप लगाइएको छ ।

    अमरेशले बुझाएको राजीनामा पत्रमा कांग्रेस कार्यकर्तामाथि अन्याय भएको र पार्टीलाई बलियो बनाउनका लागि आफूले राजीनामा उल्लेख गरेको देख्दा हाँसो रोक्न नसकेको भन्दै ध्यानाकर्षण पत्रमा व्यंग्य गरिएको छ । 

    संकटका बेला कहिल्यै पार्टीको काममा देखा नपरेको, पार्टीका लागि कुनै त्याग नगरेको, एक्कासी नेता बनेर पार्टीका लागि जीवन समर्पण गरेकालाई आफ्नो कार्यकर्ताहरु भन्दै अपमान गर्ने अमरेशको चरित्र रहेको पत्रमा उल्लेख छ ।

    पत्रमा भनिएको छ, 'बिपीले प्रजातन्त्र आएपछि पार्टीमा सुकिला मुकिलाको बोलबाला हुन्छ भनेर भनेको कुरालाई अमरेशले चरितार्थ गरेका छन् ।'

    Amresh 1.jpg

     

    anresg 2.jpg

    श्रावण १०, २०७८ आइतवार १०:४२:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend