Logo

शनिवार, मंसिर १८ गते २०७८

images

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा ईपीएल खेल्ने

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा ईपीएल खेल्ने

नेपालपाना श्रावण ११ २०७८
  • 4.6K
    SHARES
  • पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा ईपीएल खेल्ने

    काठमाडौं। पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । 

    छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । 

    काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ । 

    अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेल्नुभएको थियो । सो क्रममा उहाँले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाउनुभएको छ । यस्तै उहाँले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी–२० मा ९८ विकेट लिनुभएको थियो । 

    श्रावण ११, २०७८ सोमवार १८:५१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana