Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

खगेन्द्र संग्रौला ‘जड्याहा’ भएको खुलासा, आफैले यसरी स्विकार गरे, महेश बस्नेतले नांगेझार पार्दा २४ घण्टापछि बोली फेरे

खगेन्द्र संग्रौला ‘जड्याहा’ भएको खुलासा, आफैले यसरी स्विकार गरे, महेश बस्नेतले नांगेझार पार्दा २४ घण्टापछि बोली फेरे

नेपालपाना श्रावण १२ २०७८
  • 36.6K
    SHARES
  • खगेन्द्र संग्रौला ‘जड्याहा’ भएको खुलासा, आफैले यसरी स्विकार गरे, महेश बस्नेतले नांगेझार पार्दा २४ घण्टापछि बोली फेरे

    काठमाडौं । मिस्टर अलवेज नेगेटिभले चिनिने लेखक खगेन्द्र संग्रौला ‘जड्याहा’ भएको खुलासा भएको छ । 

    नेकपा एमालेका नेता महेश बस्नेतले जाँडरक्सीको नसामा धुत भएर एमालेमाथि जाइलाग्ने बुद्धिजिवीलाई ठेगान लगाउने चेतावनी दिएका बेला संग्रौलालाई चित्त दुखेपछि उनी नै जड्याहा भएको खुलेको हो । 

    त्यसमाथि संग्रौलाले महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको गुनासो गरेपछि यसबाट बस्नेतले भनेको जड्याहा म नै हुँ भन्ने स्विकार संग्रौलाले गरेको पुष्टि भएको छ । 
    महेश बस्नेतले युथ फोर्सको कार्यक्रममा भनेका थिए, ‘बुद्धिजीवीका नाममा कुनै व्यक्ति, पार्टी र सरकारको कठपुतली बनेर चाबहिलको भट्टीमा जाँडरक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र  गर्ने, हाम्रो पार्टी विचार सिद्धान्त, नेता कार्यकर्ता र शुभचिन्तकलाई बिख ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्तिहरु क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर सूचना प्रविधिको अधिकतम उपयोग गरेर बौद्धिक अराजकतावादीलाई ठिक ठाउँमा राख्नेछ ।’ 

    बस्नेतले यसरी आफ्नो असलियत बाहिर ल्याइदिएकोमा संग्रौलाको चित्त दुखेको रहेछ । अनि ट्विटरमा बस्नेतले धम्की दिएको भनेर गुनासो पोखेका छन् । संग्रौलाले आफू अराजकतावादी बुद्धिजीवी भएको पनि स्विकारेका छन् । 

    धम्की दिएको गुनासो गरेपछि बस्नेतले जवाफ फर्काएका छन् । ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ,’ संग्रौलालाई जवाफ दिँदै बस्नेतले लेखेका छन्, ‘राजनीतिक रूपमा पनि ज्येष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन । जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ ।’

    यता आफू जड्याहा बुद्धिजिवी भन्ने सबैले थाहा पाएपछि संग्रौलाले आज विहान फेरि बोली फेरेका छन् । आफूलाई नभई चावहिलका चैतन्य मिश्रलाई धम्की दिएको होलान भनेर अनुमान गरेका छन् । र मिश्रलाई महेश बस्नेतविरुद्ध बोल्न आह्वान गरेका छन् । महेश बस्नेतको विरोधका लागि विरोध गर्दा आफू नै गलत ठहरिएपछि त्यसलाई सत्य बनाउन संग्रौलाले अर्को प्रयास गरेका छन् । संग्रौलालाई केपी ओली र उनको टिमको विरोध नगरी निन्द्रै लाग्दैन भन्ने पनि बताइन्छ । यसपालि संग्रौलाको स्टण्डमा मिडिया पनि चिप्लिएका छन् भने उनलाई साथ दिने बौद्धिक जमात पनि कुरै नबुझी अफवाहको पछि लागेर धारणा बनाउँदै दु:ख पाएको  छ ।

    श्रावण १२, २०७८ मंगलवार ०९:५७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana