Logo

आइतवार, मंसिर १८ गते २०७९

आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारद्धारा अनुदान रकम स्वीकृत

आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारद्धारा अनुदान रकम स्वीकृत

नेपालपाना श्रावण १२ २०७८
  • 5.4K
    SHARES
  • आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारद्धारा अनुदान रकम स्वीकृत

    श्रीनगर । भारतको जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि दुई सय पचास करोड रुपँैया अनुदान स्वीकृत गरेको छ।

    कोरोना माहामारी पछि उधोग तथा आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले दुई सय पचास करोड रुपैँया अनुदान स्वीकृत गरेको हो । जम्मु काश्मीर लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त अनुदान बजेट स्वीकृत गरी जम्मु काश्मीर बैंकलाई चेक हस्ताण्तरण गरेका छन् ।

    जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि प्रदान गर्ने एक हजार तीन सय ५३ करोड रुपैँया अनुदान अन्तर्गत पछिल्लो समय  दुई सय पचास करोड प्रदान गरेको  हो ।  

    अनुदान हस्तान्तरण गर्दा  जम्मु काश्मीर बैंकका अध्यक्ष तथा व्यावस्थापन निर्देशक आरके छिबर र विक्तिय विभागका आयुक्त अरुन कुमार मेहता उपस्थित थिए ।

    जम्मु काश्मीर सरकारले यसअघि पनि पाँच सय करोड अनुदान वितरण गरिसकेको छ  । कोरोना माहामारी पछि आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले गत बर्ष सेप्टेम्बर मा अनुदान रकम प्रदान गर्ने घोषणा गरेको थियो । 

    श्रावण १२, २०७८ मंगलवार १०:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मु काश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend