Logo

आइतवार, मंसिर १८ गते २०७९

भारतको काश्मीर विश्वविधालयद्धारा भर्चुअल ट्यालेन्ट हन्ट आयोजना

भारतको काश्मीर विश्वविधालयद्धारा भर्चुअल ट्यालेन्ट हन्ट आयोजना

नेपालपाना श्रावण १२ २०७८
  • 5.4K
    SHARES
  • भारतको काश्मीर विश्वविधालयद्धारा भर्चुअल ट्यालेन्ट हन्ट आयोजना

    श्रीनगर । भारतको काश्मीर विश्वविधालयले भर्चुअल रुपमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको छ।

    जम्मु काश्मीरस्थित काश्मीर विश्वविधालयले अज्मत ए रमादान उल मुबारक शिर्षक ट्यालेन्ट हन्ट कार्यक्रम भर्चुअल रुपमा आयोजना गरेको हो । विश्वविधालयका छात्रवासले उक्त कार्यक्रम आयोजना गरेको हो ।

    यसअघि पनि छात्रवासमा सिकाईको वातावरणलाई जीवन्त राख्ने उदेश्यले आयोजना हुँदै आएको कार्यक्रम अनलाइन मार्फत सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा विश्वविधालयका रजिष्ट्रार डा. निसार अहमद मीर र प्रोफेसर शोकत ए शाह सम्मानित अतिथिको रुपमा उपस्थित थिए ।

    प्रमुख अतिथि डा. निसारले पवित्र रमादान पर्वबारे वक्तव्य दिएका छन् । उनले छात्रवास र विधार्थी विकासका लागि विश्वविधालयले सदैव सहायता गर्ने भन्दै सक्रिय रुपमा यस्ता कार्यक्रममा भाग लिन विधार्थीहरुलाई आग्रह गरे । 

    श्रावण १२, २०७८ मंगलवार १०:२७:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मु काश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend