Logo

शनिवार, मंसिर १८ गते २०७८

images

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

नेपालपाना श्रावण १३ २०७८
  • 5.3K
    SHARES
  • ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

    काठमाडाैं । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।

    टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । एक सय मिटर फ्रिस्टाइलमा उहाँले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । 

    गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उहाँ तेस्रो स्थानमा रहनुभयो । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभएको हो । यसअघि उहाँको नाममा १ः००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । 

    ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । 

    श्रावण १३, २०७८ बुधवार १८:५८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana