Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

कोरोनासँग लड्न प्रधानमन्त्री देउवालाई अमेरिकाको साथ, भ्याक्सिनपछि हजारौ सिलिण्डरहरु प्रदान

कोरोनासँग लड्न प्रधानमन्त्री देउवालाई अमेरिकाको साथ, भ्याक्सिनपछि हजारौ सिलिण्डरहरु प्रदान

नेपालपाना श्रावण १४ २०७८
  • 7.2K
    SHARES
  • कोरोनासँग लड्न प्रधानमन्त्री देउवालाई अमेरिकाको साथ, भ्याक्सिनपछि हजारौ सिलिण्डरहरु प्रदान

    काठमाडौं । नेपाललाई कोरोना महामारीसँग जुध्नका लागि अमेरिकाले ४ हजार ४ सय थान सिलिण्डर उपलब्ध गराएको छ ।

    ४७ लिटर क्षमताका अक्सिजन सिलिण्डरहरू नेपाललाई उपलब्ध गराएको नेपालका लागि अमेरिकी राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।

    खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार ढल्नेवित्तिकै अमेरिकाले नेपालालई आफ्नो सहयोगमा तिब्रता दिएको छ ।

    ‘यो महामारीको शुरूवात देखिनै अक्सिजनको दीर्घकालीन आपूर्ति एक चुनौती बन्दै आएको छ’, दूतावासले भनेको छ, ‘नेपालस्थित अमेरिकी मिशनमा कार्यरत अमेरिकी इन्डो–प्यासिफिक कमान्ड, रक्षा मन्त्रालय र स्पेसल अपरेसन्स कमाण्ड प्यासिफिक अन्तर्गतका अधिकारीहरूले नेपालका विभिन्न भागमा ४७ लिटर क्षमताका अक्सिजन सिलिन्डरहरूको हस्तान्तरण शुरू गर्नुभएको छ ।’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेवित्तिकै अमेरिकाले नेपालमा आफ्नो सहयोगलाई तिब्रता दिएको छ ।

    नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिकाले नेपाललाई कोरोना महामारीसँग लड्नका लागि सबै प्रकारको सहयोग गर्ने जनाइसकेका छन् ।

    यसअघि अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको कोरोनाविरुद्धको खोप दिएको थियो । अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको छ । तर, अमेरिकाको सहयोगलाई कम्युनिस्टहरूले रुचाउँदैनन् ।

    चीनको भत्ता खाएका कम्युनिस्टहरूले नेपाललाई अमेरिकाले गर्ने सहयोग मन पर्दैन । भारतले नेपाललाई गर्ने सहयोग पनि कम्युनिस्टलाई मन पर्दैन । चीनले गर्ने सहयोगप्रति नेपालका कम्युनिस्टहरूले स्वागत गर्ने गर्छन् ।

    श्रावण १४, २०७८ बिहिवार १०:५२:२८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend