Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

रामचन्द्रले बिक्रीमा राखे मन्त्री पद, १ करोडसम्म मूल्य, किन्न मारामार

रामचन्द्रले बिक्रीमा राखे मन्त्री पद, १ करोडसम्म मूल्य, किन्न मारामार

नेपालपाना श्रावण १४ २०७८
  • 93.0K
    SHARES
  • रामचन्द्रले बिक्रीमा राखे मन्त्री पद, १ करोडसम्म मूल्य, किन्न मारामार

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भागमा परेको एउटा मन्त्री पदलाई बिक्रीमा राखेको खुलासा भएको छ ।

    नेता पौडेलले आफूलाई ८० लाख रुपियाँ अग्रिम जसले दिन्छ उसैलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । पौडेलले यसअघि पनि मन्त्री बनाउँदा ६० लाख रुपियाँ लिएको खुलासा पूर्वमन्त्री एवम् कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले युट्युबसँगको अन्तर्वार्तामा भनेका थिए ।

    नेता पौडेलले यस पटक पनि मन्त्री पद बिक्रीमा राखेको स्रोतले जनाएको छ । पौडेल समूहमा मन्त्री बन्न दिलेन्द्रप्रसाद बडू, सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, जीवन परियार, प्रकाश रसाईली लगायतका सांसद छन् ।

    तर, पौडेलले बर्दियाका सञ्जयकुमार गौतम र तेजुलाल चौधरीमध्ये एकजनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ । आफूलाई मन्त्री बनाएर सञ्जयकुमार गौतमले पौडेललाई एक करोड रुपियाँ दिने प्रस्ताव गरेका छन् ।

    तत्कालीन समयमा सिचाइँ मन्त्री बनेका बेला गौतमले करोडौँ रुपियाँ कुम्ल्याएका थिए । सप्तरी जिल्ला घर भएका तेजुलाल चौधरी अहिलेसम्म मन्त्री बनेका छैनन् । उनी ललितपुरमा विद्यालयहरू खोलेर व्यापार गर्छन् ।

    चौधरीसँग नेता पौडेलले ७५ लाख रुपियाँ अग्रिम रुपमा माग गरेको खुलासा भएको छ । दार्चुलाका दिलेन्द्रप्रसाद बडू पटक–पटक अवसर लिने अवसरवादी नेताका रुपमा परिचित छन् । बडू पनि मन्त्री बन्ने लाइनमा छन् । बडूले पौडेललाई दवाव दिँदै आएका छन् ।

    बडूले पौडेललाई मन्त्री बन्नुभन्दा अगाडि ४० लाख र बनेपछि बाँक ३० लाख पैसा पठाइदिन्छु भनेको स्रोतको भनाइ छ । पौडेल समूहका अरु सांसदहरू पैसा खुवाउन तयार भएपनि शपथ लिएपछि मात्रै पैसा दिने सर्त राखेको चर्चा बोहराटारतिर छ ।

    यस अगाडि गण्डकी प्रदेशमा नेता पौडेलले डोबाटे विश्वकर्माको मन्त्री पद खोसेर पौडेल र महामन्त्री शशांक कोइरालाले भूमाफिया विन्दुकुमार थापालाई मन्त्री बनाएका थिए ।

    श्रावण १४, २०७८ बिहिवार ११:५२:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana