Logo

बुधवार, मंसिर १५ गते २०७८

images

पाँच दिनमा कांग्रेसको महाधिवेशनबारे टुँगो लाग्दै

पाँच दिनमा कांग्रेसको महाधिवेशनबारे टुँगो लाग्दै

नेपालपाना श्रावण १४ २०७८
  • 4.6K
    SHARES
  • पाँच दिनमा कांग्रेसको महाधिवेशनबारे टुँगो लाग्दै

    काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ या हुँदैन भन्ने बिषयमा पाँच दिनमा निर्णय हुने भएको छ ।

    विहीबार बूढानीलकण्ठमा बसेको पूर्व पदाधिकारीसहितको बैठकको निर्णय हेर्दा महाधिवेशन सर्ने, नसर्नेबारे अबको पाँच दिनमा टुंगो लाग्ने देखिएको छ ।

    क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको संयोजकत्वमा गठित समितिले केही विवादहरु समाधान गर्न नसकी मंगलबार केन्द्रीय कार्यसमितिलाई अधुरो प्रतिवेदन बुझाएको थियो । तर, केन्द्रले एक दिनको म्याद दिएर बुधबार उक्त प्रतिवेदन समितिमै फिर्ता पठाएको थियो ।

    विहीबार पुनः छानविन समितिले हामी विवाद समाधान गर्न सक्दैनौं भन्दै सो प्रतिवेदन केन्द्रलाई फिर्ता गरिदिएको छ ।  अब केन्द्रीय नेताहरुले पाँच दिनमा विवाद समाधान गर्ने बताएको समितिका सभापति रमेश लेखकको भनाइ छ ।

    श्रावण १४, २०७८ बिहिवार २०:३२:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana