Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कांग्रेस घोर संकटमा, शीर्ष नेताबीच भयाे व्यापाक छलफल !

कांग्रेस घोर संकटमा, शीर्ष नेताबीच भयाे व्यापाक छलफल !

नेपालपाना श्रावण १६ २०७८
  • 8.3K
    SHARES
  • कांग्रेस घोर संकटमा, शीर्ष नेताबीच भयाे व्यापाक छलफल !

    काठमाडौं। नेपाली कांग्रेसले भदौमा अधिवेशन नगरे ठूलो संकट निम्तिन सक्ने निश्कर्षमा शीर्ष नेताहरु पुगेका छन् । शनिबार कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिबीच यसै बिषयलाई लिएर छलफल समेत भएको छ ।

    तीनै नेताले भदौभित्रै महाधिवेशन गर्नुपर्ने अन्यथा चुनौती सामाना हुने निश्कर्ष निकालेका हुन् । भदौमा महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा फस्ने निष्कर्ष नेताहरुको छ ।

    'संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने काममा कांग्रेस जुट्नुपर्छ', तीन नेताको बैठकको निष्कर्ष सुनाउँदै लामिछानेले भने, 'भदौ पछाडि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्नेतर्फ पनि विचार गर्नु जरुरी छ।'


    तीन नेताबीचको बैठकले पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकलाई कोरोना खोप उपलब्ध गराउने कुरालाई मुख्य प्राथमिकता दिनुपर्ने पनि निचोड निकालेको छ। 'कांग्रेस नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री देउवाले भन्नु भएजस्तै सबै नागरिकलाई खोप दिलाउन ध्यान दिनुपर्छु, तीन नेताले भनेका छन्, 'सरकाले वचन दिए जस्तै समयमा खोप ल्याएर नागरिकको जीवन रक्षामा केन्द्रित हुनु आवश्यक छ।'

    श्रावण १६, २०७८ शनिवार १८:१५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana