Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

मन्त्रीका लागि पैसा नदिएको पौडेल समूहका नेताहरुको दाबी

मन्त्रीका लागि पैसा नदिएको पौडेल समूहका नेताहरुको दाबी

नेपालपाना श्रावण १७ २०७८
  • 5.1K
    SHARES
  • मन्त्रीका लागि पैसा नदिएको पौडेल समूहका नेताहरुको दाबी

    काठमाडौं । नेपाली कांग्रेसमा भागवण्डा पुरानै रोग हो । अहिले एमालेमा भागवण्डा नपाएकै कारण माधव नेपाल विच्किएका छन् । पार्टी फुटको अवस्थामा पुगेको छ । तर कांग्रेसमा सभापति शेरबहादुर देउवाले भागवण्डा पुर्याएरै भए पनि पार्टी चलाइरहेका छन् । उनी अहिले प्रधानमन्त्री भएका छन् । मन्त्रिपरिषद विस्तार हुन बाँकी छ । कांग्रेसले ७ देखि ८ मन्त्री पाउने अवस्था छ बढी । यस्तोमा ४० प्रतिशत भाग रामचन्द्र पौडेल समूहलाई दिनै परयो । यसमा आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नियुक्त गर्न रामचन्द्र समूहले मोलमोलाई गरेको पाइएको छ । पौडेल समूहनिकट उच्च स्रोतका अनुसार कसले बढी पैसा दिने भनेर बार्गेनिङ भइरहेको छ । नेताहरुले मन्त्री बन्न बोलकबोल शैलीमा प्रतिबद्धता जनाइरहेका छन् ।

    यो समाचार नेपाल पानाले विहीवार ब्रेक गरेको थियो । उक्त समाचारमा मन्त्री बन्न दौडमा रहेका व्यक्तिले असन्तुष्टि जनाएका छन् । आफूहरुले पैसाको बोलकबोल नगरेको दाबी गरेका छन् । पौडेल निकट उच्च स्रोतबाट प्राप्त सूचना उनीहरुलाई चित्त बुझेको छैन । उनीहरुले नेपालपानासँग सम्पर्क गरेर पैसाको लेनदेन नभएको दाबी गरेका छन् ।

    मन्त्री बन्ने दौडमा रहेका तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडूले नेपालपानासँग सम्पर्कमा आई आफूहरुले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् । बार्गेनिङ पनि नभएको दाबी गरेका छन् । तर आफू मन्त्रीको दौडमा रहेको भन्ने चाहीँ केहीले स्विकारेका छन् । नेपालपानाले पैसा नै लिइसकेको भनेर लेखेको छैन । तर मन्त्री बन्न ‘साम दाम दण्ड भेद’ नीति अनुसार मोलमोलाई भइरहेको विश्वस्त स्रोतबाट प्राप्त सूचनाका आधारमा लेखेको छ । यसमा पनि नेताहरुले आफूले नगरेको दाबी गरेका छन् ।

    मन्त्रीका दाबेदार चौधरीले नेपालपानालाई खण्डन पठाउँदै नेपाली कांग्रेसको राजनीतिमार्फत जनताको सेवामा क्रियाशील आफ्ना लागि कुनै पनि राजनीतिक पद प्राप्त गर्न आर्थिक लगानी गर्नु नपर्ने जिकिर गरेका छन् । ‘मेरो क्रियाशिलता र जनताप्रतिको सेवाका कारण २ पटक जनप्रतिनिधिको रुपमा विजय भईसकेको छु भने एक पटक नेपाल सरकारको राज्य मन्त्रीका रुपमा पार्टीको सिफारिसमा नियुक्त भईसकेको छु । अब प्राप्त हुने पद पनि पार्टीले मलाई मेरो क्रियाशिलताका आधारमा दिने वा नदिने निर्णय गर्ने हो,’ उनले खण्डनमा भनेका छन् । 

    पद प्राप्तिका लागि आफूले राजनीतिक क्रियाशिलता तथा जनताका सेवा बाहेक अन्य बिषय अहिलेसम्म आवश्यक नठानेको र भविष्यमा पनि नठाने चौधरीको भनाई छ । ‘मलाई कुनै पनि राजनितिक जिम्मेवारी दिने वा नदिनका लागि विवेक प्रयोग गर्ने पार्टीले नै हो । तसर्थ पार्टीले लिने निर्णयलाई सहर्ष स्वीकार्य गर्दै आएको मैले आगामी दिनमा मैले आत्मासाथ गर्ने छु,’ उनले भनेका छन् । चौधरीले आफूले पैसा दिएको पुष्टि भएमा राजनीतिबाटै सन्याश लिने र सांसद पदबाट राजीनामा दिन तयार रहेको पनि चुनौती दिएका छन् ।

    श्रावण १७, २०७८ आइतवार १०:०८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana