Logo

आइतवार, मंसिर १२ गते २०७८

images

 पाकिस्तानमा मन्दिर तोडफोड गरिएकोप्रति नेपालमा घोर विरोध

 पाकिस्तानमा मन्दिर तोडफोड गरिएकोप्रति नेपालमा घोर विरोध

नेपालपाना श्रावण २२ २०७८
  • 39.5K
    SHARES
  •  पाकिस्तानमा मन्दिर तोडफोड गरिएकोप्रति नेपालमा घोर विरोध

    काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार भएको तोडफोडप्रति सनातन धर्म महासङ्घ नेपालले भत्र्सना गरेको छ । 

    कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासङ्घले आग्रह गरेको छ । 

    गणेश मन्दिरमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासङ्घले जोडदार माग गरेको प्रवक्ता राजन अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कानून बनाई तत्काल लागू गर्न माग गरिएको उहाँले बताए ।

    पाकिस्तानमा पटकपटक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनमा यस किसिमका घटना दोहोरिन नदिन, अल्पसङ्ख्यक समुदायलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसँग महासङ्घले माग गरेको छ ।

    श्रावण २२, २०७८ शुक्रवार १९:४३:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व
  • # हिन्दु

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana