Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चीनमा हुने विन्टर ओलम्पिकबारे प्रायोजनकर्ता बहुराष्ट्रिय कम्पनीहरु मौन

चीनमा हुने विन्टर ओलम्पिकबारे प्रायोजनकर्ता बहुराष्ट्रिय कम्पनीहरु मौन

नेपालपाना श्रावण २४ २०७८
  • 5.5K
    SHARES
  • चीनमा हुने विन्टर ओलम्पिकबारे प्रायोजनकर्ता बहुराष्ट्रिय कम्पनीहरु मौन

    बेईजिङ । बहुराष्ट्रिय कम्पनीहरुले चीनमा हुने भनिएको आगामी विन्टर ओलम्पिकबारे प्रश्नको बेवास्ता गरिरहेका छन् ।

    चीनले सिन्जियाङमा मानवअधिकार हनन गरिरहेको भन्दै आलोचना भई रहेको बेला आगामी बेईजिङ  विन्टर ओलम्पिकबारे अन्तराष्ट्रिय कम्पनीहरु मौन रहेका छन् ।

    अन्तराष्ट्रिय ओलम्पिक समिति (आईओसी) सँग मुख्य प्रायोजन सम्झौता भएका बहुराष्ट्रिय कम्पनीहरु आगामी बेईजिङमा हुने भनिएको विन्टर ओलम्पिकबारे मौन रहेका छन् ।

    विभिन्न मुलुकहरुले चीनमा अल्पसंख्यक उईघुरमाथि हुने मानव अधिकार हननको बिषयलाई लिएर बेईजिङमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

    तर, विन्टर ओलम्पिक को प्रयोजन गर्ने बहुराष्ट्रिय कम्पनीहरुले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    चीन सरकारले उत्तर पश्चिमी क्षेत्र सिन्जियाङमा अल्पसंख्यक उईघुर र टर्की मुलका मुस्लिमहरु बिरुद्ध मानव अधिकार दमन गरिरहेको आरोप छ ।  स्रोत : द जेनेभा डेली

    श्रावण २४, २०७८ आइतवार ०८:५२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend