काठमाडौं । पाकिस्तानलाई भारत सरकारले स्पष्टीकरण सोधेको छ ।
पाकिस्तानको पंजाब प्रांतमा मुस्लिमहरुको भीडले मन्दिरमा हमला गरेको र त्यहाँ भएका प्रतिमाहरु र मूर्तिहरु पनि तोडफोड गरेको घटनामा भारतले आपत्ति जनाएको हो ।
सञ्चारमाध्यमका अनुसार तोडफोड हुँदा प्रहरी पनि मूकदर्शक बनेको थियो । प्रहरीको लापरवाहीले भएको यो घटनामा नरेन्द्र मोदी सरकारले सख्त कदम उठाएको छ । भारतले विहीवार दिल्लीमा पाकिस्तानका शीर्ष कुटनीतिज्ञलाई बोलाएर स्पष्टीकरण सोधेको हो ।
४ अगस्टको मध्यराती पाकिस्तानको पंजाब प्रांतमा कट्टरपन्थीहरुको भीडले एक हिन्दु मन्दिरमाथि हमला गरेको थियो । भीडले मन्दिरमा रहेका देवी-देवताहरुको मूर्तिहरु पनि तहस-नहस गरिदिएको छ ।
घटना लाहौरबाट ५९० किलोमिटर दुरीमा रहेको रहीम यार खान जिल्लाको भोंग सहरमा भएको हो । यो घटनाको भारतमा विरोध भइरहेका बेला मोदी सरकारले एक्सन लिएको हो । सामाजिक सञ्जालका माध्यमबाट मानिसहरुले इमरान खान सरकारमाथि निशाना साँधिरहेका छन् ।
यसै विषयमा भारतले दिल्लीमा पाकिस्तानी राजदूतसँग स्पष्टीकरण मात्रै लिएन, मन्दिर तोडफोडमा पनि कडा विरोध जनायो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले भारतले पाकिस्तानमा अल्पसंख्यक समुदायको धार्मिक स्वतन्त्रतामाथि निरन्तर प्रहारलाई लिएर आफ्नो गम्भिर चिन्ता पाकिस्तानी कुटनीतिज्ञलाई जानकारी गराएको बताए ।
बागचीले मीडिया ब्रीफिंगमा पाकिस्तानी उच्चायोगका प्रमुखलाई बोलाएर उक्त निन्दनीय घटनाको कडा विरोध तथा अल्पसंख्यकको धार्मिक आस्थामाथि भइरहेको प्रहारलाई लिएर चिन्ता व्यक्त गरेको जानकारी दिए ।