Logo

सोमवार, जेठ ९ गते २०७९

images

एमसीसी रोक्न चिनियाँ राजदूत सक्रिय, खुमलटार पुगेर प्रचण्डलाई दिइन् यस्तो चेतावनी

एमसीसी रोक्न चिनियाँ राजदूत सक्रिय, खुमलटार पुगेर प्रचण्डलाई दिइन् यस्तो चेतावनी

नेपालपाना श्रावण २४ २०७८
  • 62.7K
    SHARES
  • एमसीसी रोक्न चिनियाँ राजदूत सक्रिय, खुमलटार पुगेर प्रचण्डलाई दिइन् यस्तो चेतावनी

    काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छी खुमलटार पुगेकी छन् ।

    खुमलटारमा यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।

    कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै अमेरिका सक्रिय भएको छ ।

    एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढेको छ । यस्तोमा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय भएकी हुन् ।

    प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र यान्छी बिच ०९:२० देखि ०९:५० बजेसम्म भेटवार्ता भएको हो । सचिवालय स्रोतका अनुसार एमसीसी पारित हुन नदिन चिनियाँ राजदूतले प्रचण्डलाई आग्रह गरेकी थिइन् । एमसीसी पारित भयो भने नतिजा राम्रो नहुने यान्छीको घुमाउरो भाषामा चेतावनी थियो ।

    यान्छीले एमसीसीलाई रोक्न र त्यसको सट्टामा बीआरआईलाई अगाडि बढाउन आग्रह गरेकी थिइन् । त्यसमा जस्तो सहयोग चाहिन्छ चीन तयार रहेको बताएकी थिइन् ।

    यद्यपि प्रचण्डले भने सत्ता गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए ।

    एमसीसी रोक्न सभामुख अग्नि सापकोटादेखि माओवादी अध्यक्ष प्रचण्सम्म चिनियाँ दबाब छ ।

    श्रावण २४, २०७८ आइतवार १०:३५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # चिनियाँ राजदूत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend