Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

पारसको ७७ नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

पारसको ७७ नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

नेपालपाना श्रावण २४ २०७८
  • 2.6K
    SHARES
  • पारसको ७७ नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

    काठमाडौं। क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् ।

    गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आउनुभएको थियो । क्रिकेटबाट सन्यास लिएको अवस्थामा उहाँले प्रयोग गर्ने गरेको उक्त नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने भने छैनन् । खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने भएको छ ।

    नेपाल क्रिकेट सङ्घ ९क्यान० को आज बसेको पदाधिकारी बैठकले खड्काको सम्मानमा क्रिकेट खेल्दा उहाँले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय टोलीका कुनै पनि खेलाडीलाई तत्काल प्रयोग गर्न नदिने निर्णय गरेको हो । “खड्काको सम्मानमा ७७ नम्बरको जर्सी तत्काल कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने सहमति भएको छ,” क्यान अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो । खड्काले नेपालको क्रिकेटमा पु¥याएको योगदानको कदर गर्दै क्यानले सो निर्णय गरेको हो ।

    क्यानले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका खड्काको सम्मानमा उक्त सहमति जनाएको हो । नेपालले ३३ वर्षीय खड्काको कप्तानीमा आसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एकदिवसीयसम्मको सफलता प्राप्त गरेको थियो । खड्काले नै कप्तानी गरेको अवस्थामा नेपालले सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

    श्रावण २४, २०७८ आइतवार २०:३८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana