Logo

आइतवार, मंसिर १८ गते २०७९

सानो त्रुटि पनि हुन दिन नहुनेमा सचेत छौँ : प्रधानसेनापति

सानो त्रुटि पनि हुन दिन नहुनेमा सचेत छौँ : प्रधानसेनापति

नेपालपाना श्रावण २४ २०७८
  • 17.8K
    SHARES
  • सानो त्रुटि पनि हुन दिन नहुनेमा सचेत छौँ : प्रधानसेनापति

    काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै गरिएको आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सेनाको तीन जोड एक कमान्ड अवधारणा लागू भइसकेको छ, साङ्गठनिक संरचना पनि स्वीकृत भएको छ, दू्रतमार्गका लागि समयमै आवश्यक बजेट सुनिश्चितता हुनेछ, बेरुजु फछ्र्यौटमा राम्रो प्रगति छ, कोरोना प्रतिकार्यका लागि सबैको समन्वय र साझा प्रयास आवश्य छ ।” दू्रतमार्ग राष्ट्रकै दृष्टिकोण भएकाले सानो त्रुटि भएमा अनेकौँ आक्षेप आउन सक्ने हुनाले सुझबुझपूर्ण ढङ्गबाट अघि काम भइरहेको बताउँदै प्रधानसेनापति थापाले सर्पदंश उपचार र वृक्षरोपणमा पनि सङ्गठनको योगदान महत्वपूर्ण रहेको छ भन्नुभयो ।

    राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले राष्ट्रिय गौरवका आयोजनामा बजेट कम हुन नदिने अवस्थाको प्रत्याभूति हुनुपर्ने तथा विकटका सडक पूर्वाधार निर्माणमा सेनाले गरिरहेको कार्य सबैका लागि उदाहरणीय बनिरहेको बताउनुभयो ।

    मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र सहसचिव शिवराम न्यौपानेले स्वदेश र विदेशमा समेत मुलुकको प्रतिष्ठाका रुपमा रहेको सेनालाई दक्ष र व्यावसायिक तुल्याउन थप साधन स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

    श्रावण २४, २०७८ आइतवार २१:००:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend