Logo

शुक्रवार, मंसिर १६ गते २०७९

केपी ओलीले डोर्याएकै बाटोमा राजनीति अघि बढ्ने देखिएपछि बाबुरामको होश उड्यो !

केपी ओलीले डोर्याएकै बाटोमा राजनीति अघि बढ्ने देखिएपछि बाबुरामको होश उड्यो !

नेपालपाना श्रावण २५ २०७८
  • 33.2K
    SHARES
  • केपी ओलीले डोर्याएकै बाटोमा राजनीति अघि बढ्ने देखिएपछि बाबुरामको होश उड्यो !

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले फेरि प्रतिनिधिसभा विघटन हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    वर्तमान सदनले निकास नदिने भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक विघटन गरे पनि प्रक्रिया नमिलेको भन्दै पुनर्स्थापना गरेको थियो ।

    अहिले शेरबहादुर देउवा प्रधानमन्त्री छन् । सत्ता गठबन्धनका दलहरुमा विवादले अझै मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

    माधव नेपालले साथ छाड्ने देखिएको छ । यसले सत्ता गठबन्धन अल्पमतमा परेर अब वैधानिक रुपमै संसद विघटनको बाटोतिर देशको राजनीति अघि बढिरहेका बेला बाबुरामको होश उडेको हो ।

    विघटनलाई प्रतिगमन भन्ने बाबुरामले अझै प्रतिगमनको खतरा कायम नै रहेको ट्वीट गरेका छन् । कोरोनाझैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने उनको भनाइ छ ।

    पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्ने बाबुरामको चिन्ता छ ।

    भट्टराईले ट्विटरमा लेखेका छन् – कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !

    श्रावण २५, २०७८ सोमवार ०८:५६:०४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend